Uncategorized

वाम गठबन्धन तोड्न सरकार आफैँ लाग्यो–उपाध्यक्ष गौतम

भक्तपुर, २ माघ ।  नेकपा एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतमले सत्ता छाड्नुपर्ने सरकार आफैँ वाम एकता भाड्न लागिपरेको आरोप लगाउनुभएको छ । समय समाज साप्ताहिकको १३ औँ वार्षिकोत्सवकोे अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले वाम गठबन्धनको सरकार बनाउन समेत सरकारले भाँजो हाल्न थालेको बताउनुभयो । उहाँले एमाले र माओवादी केन्द्रको एकता बिथोल्न र वाम सरकार बन्नबाट रोक्न कसैले नसक्ने भनाइ राख्नुभयो ।
नेता गौतमले भन्नुभयो–“नयाँ सरकार बन्न नदिए बहुमत प्राप्त वाम गठबन्धनले संविधानको अधिकार प्रयोग गरेर संसद बैठक बोलाउँछ, बैठक बस्छ, आफँै नयाँ सरकार बनाएर सिंहदरबारबाटै नयाँ सरकार सञ्चालन गर्छौ ।”