भक्तपुर, २ माघ । नेकपा एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतमले सत्ता छाड्नुपर्ने सरकार आफैँ वाम एकता भाड्न लागिपरेको आरोप लगाउनुभएको छ । समय समाज साप्ताहिकको १३ औँ वार्षिकोत्सवकोे अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले वाम गठबन्धनको सरकार बनाउन समेत सरकारले भाँजो हाल्न थालेको बताउनुभयो । उहाँले एमाले र माओवादी केन्द्रको एकता बिथोल्न र वाम सरकार बन्नबाट रोक्न कसैले नसक्ने भनाइ राख्नुभयो ।
नेता गौतमले भन्नुभयो–“नयाँ सरकार बन्न नदिए बहुमत प्राप्त वाम गठबन्धनले संविधानको अधिकार प्रयोग गरेर संसद बैठक बोलाउँछ, बैठक बस्छ, आफँै नयाँ सरकार बनाएर सिंहदरबारबाटै नयाँ सरकार सञ्चालन गर्छौ ।”
वाम गठबन्धन तोड्न सरकार आफैँ लाग्यो–उपाध्यक्ष गौतम

Add Comment