काठमाडौं । लायन्स क्लब ईन्टरनेशनल, ३२५, ए–२ को डिस्ट्रिक गर्भनर सेकेण्ड एडभाइजरी कम्यूनिटि मिटिङ एण्ड फेलोसीप कार्यक्रम जोन चियर पर्सन लायन भरत पर्साइको अध्यक्षतामा भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा मल्टिपल चिएर पर्सन लायन डिआर खनाल, मल्टिपल जिएमटी कोआर्डिनेटर शम्भू प्रसाद घिमीरे फस्ट भीडिजी लायन शोभा जोशी, सेकेण्ड भीडिजी लायन शुशीला मल्ल, पिएमसिसि लायन कयामुद्दिन, डिस्ट्रिक जिएमटि कोआर्डिनेटर पीडिजि लायन मधुकरकुमार उपाध्याय, डिस्ट्रिक चिफ लायन राजेन्द्र गीरी, टे«जरार लायन विधान जोशी र एडिसनल क्याबीनेट सेक्रेट्रि लायन कृष्णज्योति शाक्य, क्याबिनेट सेक्रेट्रि दिपककृष्ण प्रजापति लगायत अग्रज विभिन्न जिम्मेवार लायन्स पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
मिटिङ एण्ड फेलोसीप बैठकमा लायन्स क्लब अफ काठमाडौं फेलोसीप, लायन्स क्लब अफ रामेछाप लिखु, लायन्स क्लब अफ काठमाडौं जागृति, लायन्स क्लब अफ नेपाल जर्नालिस्ट र लायन्स क्लब अफ हिमालय एक्सिलन क्लब लगायतका प्रसिडेण्डहरुले आ–आफ्नो क्लबको तर्फबाट गतिविधि, प्रगति, कार्ययोजना सहीतको प्रतिवेदन पेश गर्नु भएको थियो ।
मल्टिपल जिएमटी कोअर्डिनेटर लायन शम्भू घिमीरेले यहीे ७ र ८ फेब्रेवरीमा लायन्स क्लबकी अन्र्तराष्ट्रिय प्रसिडेन्ट लायन न्गमचभल थ्लनखबमयततष्च को प्रमुख आतिथ्यमा जिएमटि एरिया फोरमको महत्वपूर्ण बैठक भारतको नया दिल्लीमा बस्ने जानकारी गराउनु भएको थियो । नेपालबाट पीआईडि लायन संजय खेतान, जिएमटि एरिया लिडर लायन खगेन्द्र सिटौला, मल्टिपल जिएमटि कोआर्डिनेटर लायन शम्भू घिमिरे बैठकमा सहभागि हुनु हुनेछ ।
त्यस्तै क्याबीनेट सेक्रेट्रि लायन दिपक प्रजापतिले यही महीना अर्थात फागुनको ११ गते रोयल ब्यङकेटमा क्याबीनेटको तेस्रे बैठक बस्ने जानकारी गराउनु भएको थियो साथै बैठकमा सहभागीहुने लायन्सहरुले २१ फेब्रवरीमा रजिस्टे«शन गरिसक्नु पर्ने जानकारी समेत दिनु भएको थियो ।
लायन्स क्लब अफ नेपाल जर्नालिष्टका प्रसिडेन्ट लायन योगेन्द्र प्रताप शाहीले लायन्स क्लबहरु क्सरी मिडिया मैत्री बन्न आवश्यक रहेको भन्ने कार्ययोजनाबारे पाँचबुँदे महत्वपूर्ण सुझावहरु लायन्स क्लब अफ नेपाल जर्नालिष्टका तर्फबाट राख्नु भएको थियो ।
बैठकमा उपस्थित लायन उत्तमकुमार झाले फागुन १८ गते आयोजना हुनलागेको लायन्स उत्सवको बारेमा जानकारी गराउदै लायन्स क्लब इन्टर नेशनल ३२५, ए२ डिस्ट्रिकको आयोजनामा हुन लागेको लायन्स उत्सव भक्तपुको आर्मी ग्राउण्डमा सम्पन्नहुने बताउनु भयो । लायन्स उत्सवमा सहभागीहुने लायन्सहरुले पाँसय रजिस्ट्रेशन चार्ज (खाजा सहित) तिर्नु पर्ने जानकारी समेत गराउनु भएको थियो ।
लायन्स क्लब अफ नेपाल जर्नालिष्टका तर्फबाट राखिएका सल्लाह र सुझावका विषयमा लायन मधुकर उपाध्यायले लायन्सहहरुले गरेका जनसेवाका कार्यहरुको समाचार सम्प्रेशन हुनशक्नु आफैमा आश्चार्य लाग्दो विषय भएको बताउदै यसका लागि मल्टिपल, डिस्ट्रिक लगायतका जिम्मेवार पदाधिकारीहरुको कमी कमजोरी रहेको बीचार राख्दै अब आउने दिनहरुमा लायन्स क्लब सञ्चारमैत्रि बनाउनु पर्ने यसका लागि छलफल गरेर खाका बनाउन व्यवस्था मीलाउन आवश्यक भएको बताउनु भयको थियो ।
अर्का सहभागी जेष्ठ नागरिक सिटिजनसिप चिफ लायन धनराज भडेलले विगतका दिनहरुमा जापानमा नेपालका लागि राजदुतको भूमिका निर्वाह गर्दा नेपाल राष्ट्र र जनहीतमा बढीभन्दा बढी जापान सरकारबाट सहयोग ल्याउन मदतगर्ने कार्यमा अग्रसर रहनुभएका सात जना भुपू राजदूतहरुलाई आउने २०१९ मार्चको २३ तारिखमा सम्मान गर्न कार्यक्रम रहेको मिटिङमा जानकारी गराउनु भयो ।
Add Comment