विविध

दिगो विकासका लक्ष्यहरुका लागि युवाशसक्तिकरण-परिवर्तनका आशा

काठमाडौ, १२ पुस । दिगो विकासका लक्ष्यहरुलाई बुझ्न, पहिचान गराउन र कार्य उपलब्धिको उद्येश्यले ‘परिवर्तनका आशा’ Asian Institute of Technology & Management सातदोबाटोमा कार्यशाला संचालन गरेको थियो । परिवर्तनका आशा, २०१४ देखि युवा शशक्तिकरण र बालबालिका शिक्षालागि कार्यरत युवाद्वारा संचालित संगठनले युवाहरु ‘परिवर्तक’ हुन् भन्ने आशामा देशभर युवा शशाक्ति करणमा कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
कार्यक्रममा सहभागि फिलिपिन्सको Asian Education Network का कार्यकारी निर्देशक, Asia and the Pacific for Youth for Global Goals का दुत अबद एर्निकुएजद्वारा दिगो विकासका लक्ष्यहरुको महत्व र त्यसको उपलब्धिका लागियुवाहरूको योगदानको बारेमा प्रकाश पार्नु भएको थियो भने परिवर्तनका आशाका अध्यक्ष तथा International youth federation का नेपाल लागि प्रतिनिधि अजय पाण्डेय ज्यूले ‘लिड योअर सेल्पÞm’ भन्ने विषयमा छलफल गर्दै लक्ष्य हासिलगर्न नेतृत्वको महत्वलाई ध्यानाकर्षण गर्न प्रेरित गरेका थिए । उहाँले युवाशक्तिले कुनैपनि क्षेत्रमा परिवर्तन सम्भव छ र युवाले आफु भित्रको परिवर्तनलाई पहिचानगर्नु पर्ने कुरालाई मुख्य रुपमा प्रस्तुतगर्नु भएको थियो ।
त्यस्तै बंगलादेशबाट आउनु भएका ‘लाइफ एंड हप्पिनेस फाउण्डेशन’ का सह–संस्थापक चौधरी केसर मोहम्मद रियाध ले ‘जीवनमा सफल र आनन्दितहुन’ कसरी आफैले डिप्रेसन जस्ता मुद्दाहरूबाट बच्ने भन्ने विषयलाई प्रकास पार्नु भएको थियो । परिवर्तनका आशाका उपाध्यक्ष अभिबिन्द खानियाले यस्तो कार्यशालाहरूले विद्यार्थीहरूलाई अन्तरराष्ट्रिय र राष्ट्रिय समस्याबारे बुझ्न मद्दत गर्छन् र विद्यार्थीहरूलाई उनीहरूको सामना गर्न तयार बनाउँछ भन्ने आफ्नो धारणा राख्नु भएको थियो ।