मेघा अस्पतालमा ५० प्रतिशत छुट

मेघा अस्पतालमा ५० प्रतिशत छुट

ललितपुर । ललितपुर महानगरपालिका, सानेपा वडा नं ३ धोबीघाटस्थित मेघा अस्पतालले नेपालभरका ज्येष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिला, अनाथ, राष्ट्रिय खेलाडीलगायत मानसिक सन्तुलन गुमेका मानिसलाई उपचारमा ५० प्रतिशत छुट दिएको छ । एक वर्षअघिदेखि अस्पतालले सेवाको भावना जनाउने उद्देश्यका साथ त्यस्ता नागरिकलाई उपचारमा ५० प्रतिशत छुट दिँदै आएको हो । अस्पतालले जुनसुकै रोगका बिरामीलाई १० शय्याको निःशुल्क उपचार सुविधा दिँदै आएको अस्पतालका अध्यक्ष किशोरजङ्ग राणाले जानकारी दिनुभयो । “केही दिनअघि १७ जना अपाङ्गलाई सम्पूर्ण उपचार सुविधा दियौँ,” राणाले भन्नुभयो, “ १७ जना अपाङ्गमध्ये तीन जनालाई रु तीन लाख बराबरको खुट्टा हामीले सहयोग ग¥यौँ ।” एक वर्षको हाराहारीमा करीब १०० बिरामीले पूर्ण उपचार सुविधा पाएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । अस्पतालले औषधि खरीदमा पनि सबै नागरिकलाई १० प्रतिशत छुट दिएको छ ।

ज्येष्ठ नागरिकको परिचयपत्र प्राप्त व्यक्तिले अस्पतालमा पत्र पेश गरेपछि ५० प्रतिशत छुट दिइने अस्पतालका मेडिकल प्रमुख डा शिवकुमार साहले जानकारी दिनुभयो । “हामीले यही फागुन १० गते २४ जना ज्येष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिला र अनाथलाई उपचारमा सम्पूर्ण निःशुल्क सुविधा दियौँ,” शाहले भन्नुभयो, “आफन्तलगायत सन्तान नभएका जो कोही आमाबुबाले हामीलाई सम्पर्क गर्नुभयो भने उहाँहरुलाई अस्पतालले निःशुल्क सुविधा दिने निर्णय गरेको छ ।”

हालसम्म अस्पतालबाट तीन एकल महिलाले उपचारमा पूर्ण पाएका छन् । राष्ट्रियस्तरका खेलाडी भने कोही पनि उपचार सेवा लिन उपस्थित नभएको बताइएको छ । केही दिनअघि नुवाकोटकी ११६ वर्षीया बाटुली लामिछानेलाई अस्पतालले पूर्ण उपचार सुविधा दिने घोषणा गरेको राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यले जानकारी दिनुभयो । “सुस्त श्रवण क्षमताका व्यक्तिलाई अस्पतालले पूर्ण रुपमा निःशुल्क कानमा एयरफोन हाल्ने तथा हात नभएका व्यक्तिलाई हात हालिदिने निर्णय गरेको छ,” कर्माचार्यले भन्नुभयो, “यस अस्पतालले हालसम्म आँखाको उपचार सेवा दिन भने सकेको छ्रैन ।” पाँच वर्ष पहिले स्थापना भएको अस्पतालले अर्बुदरोग उपचारको आरम्भ गर्ने पनि बताइएको छ ।-रासस

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply