अर्थ

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ, १७ पुस । नेपाल आयल निगमले आज राति १२ बजेपछि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु एक/एक मूल्यवृद्धि गरिएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ३ बढाइएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रति लिटर रु १०२, डिजेल र मट्टितेल प्रति लिटर रु ७९/७९, खाना पकाउने ग्यास प्रति सिलिण्डर रु एक हजार ३ सय ७५ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु ९० कायम गरिएको छ । भारतीय आयल निगमले आज नयाँ मूल्यसूची पठाएपछि इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।