भक्तपुर । विश्वभरि महामारीकोरुपमा फैलिरहेको कोभिड १९ बाट सर्वसाधारणको जीवन बचाउन सहायक हुने विभिन्न अत्यावश्यक उपकरणहरु ईन्टरनेशनल यसोशियशन अफ लायन्स क्लब मल्टिपल डिष्ट्रिक्ट ३२५, डिष्ट्रिक्ट ३२५ ए २ ले भक्तपुर अस्पताललाई प्रदान गरिएको छ ।
उक्त उपकरणहरुमा ३२ लाख मूल्य बराबरको आइसीयु भेन्टिलेटर १ थान, पोर्टेबल भेन्टिलेटर ४ थान र अक्सिजन कन्सर्नट्रेटर ५ थान र यससंग सम्बन्धित मास्क तथा अन्य सहायक सामग्रीहरु रहेका छन् । उक्त उपकरणहरु लायन्स क्लबस् अन्तर्राष्ट्रिय फाउण्डेशन (एलसीआइएफ), मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपाल, डिष्ट्रिक्ट ३२५ ए२ नेपाल र भक्तपुरस्थित विभिन्न लायन्स क्लबहरु तथा यसका सदस्य एवं स्वयं भक्तपुर अस्पतालको सहभागितामा यी उपकरणहरुको जोहो हुन सकेको हो । स्थानीय लायन्स क्लबहरुको ६ लाख र भक्तपुर अस्पतालले रु. १ लाख ७३ हजार दुइसय सहयोग जुटाएको उक्त सहयोग कार्यक्रममा बांकी रकम डिष्ट्रिक्ट ३२५ ए२ र एलसीआइएफले व्यहोरेको हो ।
मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपाल र डिष्ट्रिक्ट ३२५ नेपालको पहलमा गत लायन वर्ष २०२०/२०२१ मा योजना गरे अनुसार यी उपकरणहरु खरीद गरी अस्पताललाई हस्तान्तरण गरिएको हो । लायन्स क्लबस् अन्तर्राष्ट्रियको एरिया लिडर लायन खगेन्द्र सिटौला, डिष्ट्रिक्ट ३२५ ए२ नेपालका डिष्ट्रिक्ट लायन केशव पाण्डे, इमिडियट पाष्ट डिष्ट्रिक्ट गभर्नर लायन डा. सुशिला मल्ल, फष्र्ट भाइस डिष्ट्रिक्ट गभर्नर लायन दिनेश प्रसाद श्रेष्ठ र सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर लायन उत्तम झा, पीएमसीसी लायन कयाम उद्दीन, पाष्ट डिष्ट्रिक्ट गभर्नर शिवराम प्रधान लगायतको उपस्थितिमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री मिलन सुवाल र अस्पतालका मे.सु. डा. सुमित्रा गौतमलाई उक्त उपकरणहरु हस्तान्तरण गरिएको हो ।
कार्यक्रम स्थानीय लायन्स क्लबहरुकोतर्फबाट पीडीजी लायन कृष्णप्रसाद अवालले स्थानीय लायन्स क्लबहरुकोतर्फ उपस्थिति जनाउनु भएको थियो भने वहांसंगै लायन विष्णुभक्त मारिखु, गोकुल प्रसाद प्रजापति, गणेशराम मुस्याख्यो, लक्ष्मी अवाल, रोशन भोयद्यो र कृष्णसदन अवाल लगायतको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो ।
मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालकै पहलमा भक्तपुर बाहेक नेपालगञ्ज, पोखरा, वीरगञ्ज र दमकका सरकारी अस्पतालहरुमा पनि सोही मूल्य बराबरका उपकरणहरु उपलव्ध गराइने कार्यक्रम रहेको छ ।
I loved as much as you’ll receive carried out right here. The sketch is tasteful, your
authored material stylish. nonetheless, you command get
bought an nervousness over that you wish be delivering the
following. unwell unquestionably come further formerly again since exactly the same nearly
very often inside case you shield this increase.
Great article, totally what I was looking for.