पृतना समन्वयात्मक बैठकमा विपद् प्रतिकार्यदेखि सुरक्षा चुनौतीसम्म छलफल

पृतना समन्वयात्मक बैठकमा विपद् प्रतिकार्यदेखि सुरक्षा चुनौतीसम्म छलफल

काठमाडौँ । नेपाली सेनाको अर्धवार्षिक पृतनापति समन्वयात्मक बैठक–२०८३ बिहीबार अर्थात् असोज १५ गतेदेखि सुरु भएको थियो।

जंगी अड्डामा सुरु भएको बैठकमा नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालय तथा पृतनाका प्रमुखहरूको सहभागिता रहेको थियो। बैठकमा आ–आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान अवस्था, हालसम्म सम्पादन भएका कार्य तथा देखिएका चुनौतीबारे समीक्षा गरिएको थियो।

बैठकमा जिम्मेवारी क्षेत्रको वस्तुस्थितिसँगै सम्पादित कार्यहरूको समीक्षा, अनुभव तथा सुझाव आदानप्रदान र आगामी कार्यदिशाका विषयमा छलफल गरिएको थियो। विपद्का घटनामा सेनाको परिचालन तथा प्रतिकार्यलाई प्रभावकारी बनाउने विषय पनि छलफलको कार्यसूचीमा समेटिएको थियो।

त्यसैगरी, समसामयिक सुरक्षा अवस्था तथा अन्य सम्बन्धित विषयमा समेत छलफल गरिएको थियो। बैठकमार्फत विभिन्न पृतनाबीच सूचना, अनुभव र सुझाव आदानप्रदान गर्दै आगामी कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको थियो।

बैठक नेपाली सेनाको नियमित अर्धवार्षिक समीक्षा तथा समन्वयात्मक कार्यक्रमका रूपमा आयोजना गरिएको हो।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply