स्वास्थ्य

कोरोना भाइरसको डेल्टा भेरियन्ट १३१ देशमा, संक्रमितहरुको कुल संख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि  : डब्लुएचओ

जेनेभा । संयुक्त राष्ट्रसंघको स्वास्थ्य सम्वन्धी निकायको रुपमा रहेको विश्व स्वास्थ्य सङ्गठनले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म संक्रमितको संख्यामा वृद्धि भएको जनाएको छ । पछिल्लो हप्ता दैनिक विश्वभरी पाँच लाख ४० हजार संक्रमित भएका छन् । त्यसअघि चार लाख ९० हजार औसतमा दैनिक संक्रमित भएको डब्लएचओको भनाई छ ।

त्यसैगरी अघिल्लो हप्ताको तुलनामा गत हप्ता मृत्यु भएकाहरुको संख्यामा पनि थोरै वृद्धि भएको डब्लुएचओका अधिकारीहरुले जनाएका छन् । डब्लुएचओले विश्वका १३२ देशमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ । त्यसैगरी अल्फा भेरियन्ट १८२ देशमा, डेल्टा भेरियन्ट १३१ देशमा र जम्मा भेरियन्ट ८१ देशमा पुगेको पनि डब्लुएचओले जनाएको छ ।

संक्रमितहरुको कुल संख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायतलगायतका देशहरुले क्रमशः अमेरिकालाई पछ्याइरहेका छन् । कतिपय देशहरुमा कोरोना भाइरसको चौथो चरणको महामारी समेत सुरु भएको छ । एजेन्सी