Uncategorized

पिसिआर भन्दा कोरोना विरुद्ध भ्याक्सीन अहिलेको आवश्यकता : मेयर शाक्य

काठमाडौं । लायन्स क्लब अन्र्तराष्ट्रि डिष्ट्रि ३२५५ ए२ अन्र्तगत रहेका २२ वटा क्लबहरुले आज बसन्तपुरमा वृहत्त मधुमेह चेकजाँच र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वृहत्त मधुमेह चेकजाँच र रक्तदान कार्यक्रमका प्रमुका अतिथि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कार्यक्रलाई सम्बोधन गर्दै रक्तदान गर्ने संघ संस्थाहरुलाई प्रतिव्यक्ति ५ सय अनुदान सहयोग गर्ने महानगरले निती बनाएको बताउनुभयो । साथै कुनै संघसंस्थाले रक्तदान कार्यक्रमको लागि महानगरपालिकाको सहयोगको आवश्यक परेमा प्रतिव्यक्ति ५ सय अनुदान सहयोग गर्ने बताउनु भएको छ ।

उहाले रक्तदाता र आयोजक संस्थाहरुलाई धन्यवाद दिर्दै पिसिआर भन्दा कोरोना विरुद्ध भ्याक्सीन अहिलेको आवश्यकता रहेको बताउनुभयो छ । काठमाडौं महानगरपालिकाले प्रयाः सबै वार्ड कार्यालयको समन्यवमा काठमाडौं बासीहरुका लागि भ्याक्सीन लगाउने काम भइरहेको जानकारी समेत कार्यक्रममा दिनु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रमा लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ ए २ का डिष्ट्रिक गर्भनर लायन केशव पाण्डेले विश्वका २ सय १४ भन्दा बढी राष्ट्रमा शाखा भएको लायन्स क्लवले नेपालमा सुगर, बातारवण, बच्चाको क्यान्सर र हन्गररिलिफ लागयत ५ क्षेत्रमा लायन्स अन्र्तराष्ट्रियको सिग्निचर प्रोग्रममा काम गरिरहेको बताउदै एक क्लव एक आधारभुत विद्यालयका विद्यार्थीहरुका लागि प्रभावकारी काम गर्ने योजना प्राथमिकताका साथ अगाडि बढी रहेको समेत पाण्डेले बताउनुभयो ।

३२५ ए २ का पूर्वगर्भनर विजु बज्राचार्यको संयोजनमा आजको रक्तदान तथा प्रेसर र सुगरको निशुल्क जाँच गरिएको थियो । आफु कोरोना भाइरसका कारण धेरै हन्डर र दुःख पाएकाले अझ सक्रियतापूर्व रक्तदान कार्यक्रमा जुट्न प्रेरित गरेको बज्राचार्यले बतानु भएको थियो ।
उहाले रगतको अभावमा कोहि नागरिकले ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले राजधानीमा क्रियाशिल अन्तर्राष्ट्रिय लायन्स क्लव ३२५ ए २ डिष्ट्रिक अन्र्तरगत रहेका लायन्स क्लवहरुको सक्रियतामा यो रक्तदान कार्यक्रम गरेको जानकारी दिनुभएको थियो ।

उक्त कार्यक्रममा ३२५ ए २ का डिष्ट्रिक भाइस गर्भनर दिनेश श्रेष्ठ, सेकेन्ड भाइस गर्भनर उत्तम झा, क्याबिनेट सेक्रेट्र लायन शिबकुमार कटुवाल, एनएलफ चिफ लायन डा. कमल कायस्थ, कलष्टर चिफ लायन कृणज्योति शाक्य, वुमन फ्यामिलि मेम्बरशिप चियपर्सन लायन प्रणिता बराल, एरिया चियर पर्सन भरत प्रसाई, रिजन चियर पर्सन अम्बिका भट्टराई, जोन चियर पर्सन योगेन्द प्रताप शाही, डिष्ट्रिक्ट भोकेशनल चिफ लायन लक्ष्मी महत, लायन्स रक्त संकलन विभागका चिफ लायन रुकेश रञ्जीत, लायन बिज्ञ बज्राचार्य,लायन मुक्ति भण्डारी लगायत विभिन्न क्लबका पदाधिकारीहरुको उल्लेखिय उपस्थिति रहेको थियो ।

साथै सो अवसरमा समाज सेवाका लागि सर्मपित भन्ने नाराका साथ स्माइल फर नेपाल युटुव च्यानलको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्द शाक्यद्वारा शुभारम्भ गरिएको छ । कार्यक्रममा प्राविधिक सहयोग कान्तीपुर ब्लबैंक र भक्तपुर हार्ट एण्ड डायविटिज सेन्टरको रहेको थियो ।