वीरगंज, १९ फागुन । प्रदेश नम्बर २ का रेडियो संचालकहरुको वीरगंजमा सम्पन्न भेलाले रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहको संयोजक्तत्वमा रेडियो संजाल गठन गरेको छ । वीरगंजको होटल मकालुमा सम्पन्न भेलाले सो संजाल गठन गरेको हो । संजालको सदस्यहरुमा मध्य तराई रेडियो निजगढका संचालक उमेश सुनार, रेडियो समर्पण सिमराका सन्तोष देउजा, रेडियो संगम बाराका मुकेश कुमार जयसवाल, आकाश एफएम सिर्सिया वीरगंजका आसिक अन्सारी, रेडियो विजय वस्ति पर्साका सन्तोष श्रेष्ठ र रेडियो बादल रौतहटका नुर आलम बादसाह रहनु भएको छ ।
भेलाले प्रदेश नम्बर २ लाई केन्द्रविन्दु बनाएर प्रसारण भइरहेका रेडियोहरुलाई एकिकृत गरि सशक्त रुपमा जनताको आवाज जनताको घरदैलोमा पु¥याउनका लागी एकजुट हुने निर्णय समेत गरेको संजालका संयोजक धु्रव साहले बताउनुभयो । संजालको निर्णय अनुसार आगामी चैत्र १ गतेदेखी रेडियो वीरगंजबाट प्रसारण हुने साझ ५ बजेको भोजपुरी समाचार, ६ बजेको सन्ध्याकालिन समाचार डायरी र ७ः१५ बजेको जनता जान्न चाहन्छन् अन्तवार्ता विशेष कार्यक्रम संजालका सम्पुर्ण रेडियोहरुले प्रसारण गर्नेछन् भने रेडियोे समर्पण सिमराको साझ ६ः३० बजेको समाचार डायरी र मध्य तराई रेडियो निजगढको साझ साढे ५ बजेको समाचार संजालमा आवद्ध सवै रेडियोहरुले एक साथ प्रसारण गर्ने निर्णय भएको छ ।
यसका लागी संजालका रेडियोहरुले प्रविधि र प्राविधिकको समेत व्यवस्थापन गर्ने तयारी भइरहेको समेत साहले बताउनुभयो । साथै वैठकमा प्रदेश नम्बर २ का बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरीका रेडियोहरुलाई समेट्दै अगाडी बढ्ने तथा समाचार र विज्ञापनमा समेत प्रादेशिक स्वरुपमा सहकार्य गर्ने निर्णय भएको छ ।
Add Comment