स्वास्थ्य

कोभिड १९ : थपिए १६७७ संक्रमित, २१ जनाको निधन

काठमाडौं । कोभिड १९ बाट मंगलवार एक हजार ६७७ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १५ हजार ३४ जनामा परीक्षण गर्दा दिन एक हजार ६७७ जनामा संक्रमण देखिएको हो ।

सक्रिय संक्रमित ३० हजार ३०३ जना रहेका छन् । ५ सयभन्दा बढी संक्रमित भएका जिल्ला १७ रहेका छन् । यस्तै संक्रमणबाट निको भई आज दुई हजार ७२ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख ३१ हजार जना निको भई घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९४.७ प्रतिशत छ ।

यस्तै संक्रमणबाट विगत २४ घण्टामा २१ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ८७९ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा प्रतिदश लाखमा ३६६.७ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।

यस्तै ५१४ जना सघन उपचार कक्ष (आईसीयू), १५४ जना भेन्टिलेटर, २८ हजार ३१४ जना होम आइसोलेसन, एक हजार ९८९ जना संस्थागत आइसोलेसन र २५८ जना क्वारेन्टिनमा छन् । नेपालमा संक्रमणको दर १९.५ प्रतिशत रहेको छ ।