स्वास्थ्य

कोरोनाका १,३३० संक्रमित थपिए, १,८३० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका एक हजार ३३० जना संक्रमित गपिएका छन्। नौ हजार ६२६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षण गर्दा २ सय ९४ जना गरी एक हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ भने १ हजार ८३० जना निको भएका छन्। मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८६ हजार ५७७ पुगेको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ भने ७ लाख ५४ हजार जना संक्रमणमुक्त भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ रहेको छ, जसमध्ये २० हजार १६४ जना होम आइसोलेसनमा र एक हजार ३६० जना संस्थागत आइसोलेसनमा छन्। कोरोनाका बिरामीमध्ये ३३५ जना आईसीयू र १०७ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारका सबैभन्दा धेरै काठमाडौंमा २६१, कास्कीमा १०६, ललितपुरमा ९८, मोरङमा ९६ र सुनसरीमा ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चितवनमा ६८, झापामा ५१, भक्तपुरमा ४३, रुपन्देहीमा ३९, मकवानपुरमा २०, कैलालीमा १४, नवलपरासी पुर्वमा १३ र काभ्रेपलाञ्चोकमा ११ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।