स्वास्थ्य

असोज २२ गतेदेखि काठमाडौँ महानगरले २४ गते अपरान्हसम्म १८ बर्ष माथिका सबै नागरिकलाई ३२ वटै वडाबाट खोप दिइनेछ — जनस्वास्थ्य विभाग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दशै पर्व लक्षित गरेर १८ बर्ष माथिका सबै नागरिकका लागि ३ दिन कोविड विरुद्धको खोप कार्यक्रम चलाउने भएको छ । असोज २२ गतेदेखि सुरु हुने कार्यक्रम २४ गते अपरान्हसम्म सबै वडाबाट चल्नेछ । यो पहिलो डोज लिनेका लागि हो ।

पर्वका समयमा युवाहरु धेरै सक्रिय हुन्छन् । सकेसम्म भीड नगर्नोस् । मास्क प्रयोग गर्नोस् भन्ने हाम्रो अनुरोध हो । जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर भन्छन्, ‘स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गराउने अनुरोधसँगै १८ बर्ष माथिका सबैका लागि ३ दिने खोप कार्यक्रम चलाउन लागेका हौँ ।’ कुँवरकाअनुसार खोप लिन विद्युतीय दर्ता गरेर फोटो भएको परिचय पत्रसहित खोप केन्द्र जानु पर्नेछ ।

महानगरका ३२ वटा खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, निजामति कर्मचारी अस्पताल, बानेश्वर, परोपकार प्रसुति तथगा स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लिन सकिनेछ ।

vaccine.mohp.gov.np बाट विद्युतीय नाम दर्ता गराउन सकिन्छ ।