अर्थ

एमसीसी, बीआरआई लगायतका विषय विश्वसनीयताका आधारमा मात्रै पास हुन्छ: परराष्ट्र मन्त्री खड्का

काठमाडौं  । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको छ । बुधवार सिंहदरबारमा बसेको समितिको बैठकमा परराष्ट्र मन्त्री खड्कालाई बोलाएर समितिले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको हो ।

समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्री खड्काले एमसीसी, सीमा, बाँध, बीआरआई लगायतका सबै मुद्दाहरू सहमति र विश्वसनीयताका आधारमा मात्रै पास गर्नुपर्ने बताए । उनले सहमति नभइ र राष्ट्रिय हित विपरीत मुद्दाहरू पेस गर्न नमिल्ने पनि उनले बताए । मन्त्री खड्काले राष्ट्रको हित विपरीत कुराहरू पास गर्न नहुने भन्दै सम्झौता गरिएका मुद्दाहरू राष्ट्रिय हितमा छन् वा छैनन् भन्ने कुरा अनुसन्धान गरेर मात्रै निर्णय लिनुपर्ने बताए ।