काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताएका छन् । समाजवादी प्रेस संगठनले ५गते तत्कालीन नेकपाका अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विगठन गरेको सन्दर्भमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आगामी निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत आउने सम्भावना नरहेकाले गठबन्धन राजनीति अघि बढ्दै जाने बताएका छन् ।
अध्यक्ष नेपालले राष्ट्रिय सभा र उपनिर्वाचनमा गठबन्धनबाट चुनाव लड्ने सहमति भएको र गठबन्धनले लामो समयसम्म सरकार नेतृत्व गर्नेबारे गठबन्धनका दलहरुभित्र छलफल भएको बताए । नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति कडा कटाक्ष गर्दै नेपालले ओली एक नम्बर गफाडी भएको बताए । अध्यक्ष नेपालले ओलीको नाम गफाडी नम्बर १ भनेर गिनिज बुकमा नाम लेखिदिए राम्रो हुने बताए ।
Add Comment