अर्थ-स्वास्थ्य

जनपयोगी बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौं । जनपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यही २०७८ पौष २४ गते आफ्नो १२ औं वाषिक साधारणसभा सम्पन्न गरेको छ । दवाली मिलन क्लव काठमाडौंको “आपसी मित्रता,सद्भाव,सहयोग एवं मिलन” भन्ने उच्च सामाजिक आदर्शलाई सम्मान गर्दै क्लवका सदस्यहरुद्धारा प्रर्वधित जनपयोगी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो वार्षिक उत्सवका अवसरमा विभिन्न कार्यक्रम समेत गरेको छ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको प्रमुख आथित्यतामा भएको सो कार्यक्रमको अध्यक्षतता सहकारी संस्थाका अध्यक्ष सिलोनबाबु श्रेष्ठले गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल सरकारका पूर्व स्वास्थ्य राज्यमन्त्री एवं हाल प्रधानमन्त्री कार्यालयमा जिम्मा पाउनु भएका राज्यमन्त्री उमेश श्रेष्ठ,बागमती प्रदेशका पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ पूर्वअर्थमन्त्री शंकर कोईराला विशेष अतिथिको रुपमा रहनु भएको थियो । त्यसैगरी ओम अस्पतालका अध्यक्ष आनन्द श्रेष्ठ,सचिव सुरेश आचार्य,कृष्णबहादुर राउत संयुक्त राष्ट्रस्रंघका लागि नेपालका पूर्व प्रतिनिधि दुर्गा भट्टराई ,पूर्व डिआईजि रमेश खरेल लगायतको सहभागिता रहेको थियो । साधारण सभामा सहकारीका अध्यक्ष सिलोनबाबु श्रेष्ठले आर्थिक वर्ष २०७७/०७८को वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो । सो क्रममा उहाँले संस्थाको आर्थिक वर्ष २०७७/०७८मा शेयरपुँजी १ करोड ४८ लाख २२ हजार रहेको तथा २०७७/०७८को असार मसान्तसम्म निक्षेप ५ करोड ८९ लाख ७० हजार ७ सय ७० रहेको जानकारी दिनु भयो ।

त्यसैगरी कच्चा लगानी ६ करोड ८३ लाख १९ हजार २ सय भएको पनि जानकारी दिनु भयो । उहाँले अगामी आर्थिक वर्षमा सहकारीले ३ करोड सम्मको पुँजी बृद्धिका लागि सहकारी विभागबाट स्वीकृती लिईसकेको समेत जानकारी दिनु भयो । त्यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा निक्षेप बृद्धिगरी १५ करोड पु¥याउने लक्ष्य लिएको पनि जानकानी दिनु भयो । कार्यक्रममा सहकारीका सचिव एवं प्रवन्ध निर्देशक रोशन श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै २०७८/०७९मा गर्ने कार्यक्रमका बिषयमा जानकारी गराउनु भएको थियो । सो क्रममा उहाँले आगामी वर्षसम्म १५ करोड निक्षेप संकलन गर्ने सामाजिक उत्तरदायित्व निर्वाह गर्न स्वास्थ्य शिविर सञ्चालन गर्ने लगायतका बिषयहरु राख्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रकाशमान सिंहले संस्थालाई अझ वृहत्तर रुपले अगाडी बढाउन सुझाव दिनु भएको थियो । त्यसैगरी पूर्वमन्त्री शंकर कोईराला र बागमती प्रदेशका पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले पनि संस्था राम्रोसँग चलिरहेकोमा प्रसंशा गर्दै अगामी दिनमा अझ बृहत्तर रुपमा सञ्चालन गर्न सुझाव दिनु भयो । कार्यक्रममा सहकारीका कोषाध्यक्ष बद्रीकुमार श्रेष्ठ सदस्यहरु बिरेन्द्र प्रकाश श्रेष्ठ,शशी श्रेष्ठ,सुरेन्द्र श्रेष्ठ,प्रमेश केसी लगायतको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा २०७७/०७८ मा पढाई तथा अन्य क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्ने संस्थाका सदस्य एवं परिवारका सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।