अर्थ

बुधबार साँझ ५ बजेदेखि देशभरका यातायात कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं । यातायात व्यवस्था विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न बुधबार साँझ ५ बजेदेखि देशभरका यातायात कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द हुने भएका छन् । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान नभएसम्मका लागि देशभरका यातायात कार्यलयका सेवा बन्द गर्न लागिएको जानकारी दिएको हो ।

सर्भरमा आएको समस्याका कारण कार्यालयहरूबाट प्रदान गरिने सबै समस्या अवरुद्ध हुने र यसबाट सेवाग्राहीलाई हुन जाने असुविधाप्रति विभागले क्षमायाचनासमेत गरेको यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भूसालले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरेको छ ।