स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या थपिदै, भारतका विभिन्न राज्यहरुमा संक्रमण बढ्दै

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना सत्रमण पुष्टि भएको छ । देशभर ५ हजार १४४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २२ मा सक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । सोही अवधिमा थप ४६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल सक्रिय सक्रमितको संख्या कूल ५६८ पुगेको छ ।

हालसम्म नेपालमा ११ हजार ९५१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । नेपालमा २४ घण्टामा मात्रै १५ हजार ३५५ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

उता छिमेकि भारतको दिल्ली, हरियाणा र गुजरातले गत हप्तामा नयाँ संक्रमणमा बृद्धि भएको देखेको छ । देशभर दैनिक कोरोनाभाइरस (Covid-19) मा लगातार गिरावट आएको देखिएता पनि दिल्लीले ९४३ ताजा कोविड केसहरू रिपोर्ट गरेको छ, जुन अघिल्लो हप्ताको तुलनामा २६ प्रतिशतले बढेको छ, जबकि छिमेकी हरियाणामा ५१४ नयाँ संक्रमणको साथ लगभग ५० प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै भरतका कतिपय राज्य यस्ता पनि छन् जहाँ संक्रमण फेरि बढ्न थालेको छ । दिल्ली र हरियाणामा फेरि कोरोना संक्रमित बढ्न थालेका छन् । योसँगै महाराष्ट्रमा पनि मृत्यु हुनेको संख्या बढेको भारतीय समाचारले जनाएको छ ।