धर्म/संस्कृति

गरुड पुराणमा लेखिएका कुराहरु अपनाएमा मनुष्यमा कहिल्यै निराश हुदैन

हिन्दू धर्मका धेरै ग्रन्थ र पुराणहरूमा आजको जीवनको सार लुकेको छ। यी ग्रन्थहरूमा लेखिएका कुराहरूलाई यदि व्यक्तिले आफ्नो आजको जीवनमा ग्रहण गरेमा उसले कहिल्यै निराश नहुने ज्ञानीहरूको विश्वास छ । गरुण पुराणमा व्यक्तिको जीवनसँग सम्बन्धित धेरै जानकारी पाइन्छ । जसमा पाप, पुण्य, कर्म, स्वर्ग, नर्क, ज्ञान–विज्ञान, नीति नियम र धर्मका कुराहरू भनिएको छन् । यस पुराणमा मृत्युपछिको जीवन पनि भनिएको छ । यस पुराणबाट केही जानकारी लिएर जसलाई अपनाएर मनुष्यर्लें आफ्नो जीवन सफल बनाउन सक्छन् ।

१.शत्रुबाट बच्न सावधानी र चलाखी अपनाउनुपर्छ । शत्रुले तपाईलाई हरेक पल हानि गर्ने प्रयास गर्नेछन् । त्यसैले शत्रुहरूबाट सधैं सजग रहनुहोस् र कुशलतापूर्वक उनीहरूको सामना गर्नुहोस् । शत्रुलाई पनि त्यही नीतिअनुसार व्यवहार गर्नुपर्छ भनिएको छ ।

२. गरुड पुराण अनुसार सधैं सफा कपडा लगाउनु पर्छ । फोहोर लुगा लगाउनाले देवी लक्ष्मी क्रोधित हुने जनविश्वास छ । जसले असफलता निम्त्याउन सक्छ ।

३ . सफल हुनको लागि सधैं अभ्यास गरिरहनुपर्छ । किनभने अभ्यास नै एक मात्र तरिका हो जसबाट कुनै पनि प्रकारको व्यक्ति बुद्धिमान बन्न सक्छ ।

४. ईष्र्याको भावनालाई भित्रबाट हटाउनुपर्छ । किनकी कसैको ईष्याले आफैलाई हानि पु¥याउँछ । त्यसैले कसैले आलोचना वा गाली पनि गर्नु हुँदैन ।

५. गरुड पुराणका अनुसार पचाउन गाह्रो हुने खाना खानु हुँदैन । किनभने यस्तो खानेकुरा खाँदा मानिसलाई धेरै रोगले घेर्छ ।

६. कसैले ज्ञान वा कलामा गर्व गर्नु हुँदैन । न त कुनै व्यक्तिलाई अपमानित गर्नु पर्छ । किनभने त्यस्ता मानिसहरूबाट माता सरस्वतीले आफ्नो कृपा फिर्ता लिन्छन् ।

७. सधैं असल चरित्र भएका व्यक्तिहरूसँग मित्रता गर्नुपर्छ । किनकी गलत मानिसले तपाईलाई पनि हानि पु¥याउन सक्छ।

८. गरुण पुराणका अनुसार कसैलाई दुखी बनाएर कमाएको धन राम्रो हुँदैन । त्यसैले पैसा सधैं इमानदारीपूर्वक कमाउनुपर्छ ।

९. बिहान अबेरसम्म सुत्दा मानिसको उमेर घट्छ । त्यसैले बिहान सबेरै उठ्नुपर्छ । किनभने ब्रह्म मुहूर्तको वायुलाई सबैभन्दा शुद्ध मानिन्छ ।