स्वास्थ्य

कोरोनाबाट दुई जनाको मृत्यु, थप २६३ मा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको र ५०१ जना संक्रमणबाट मुक्त हुँदा दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप २६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अवधिमा देशभरबाट ३१६५ नमूना परीक्षण गर्दा २६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १३९९ र एन्टिजेनबाट १७६६ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १६२ र एन्टिजेनबाट १०१ नमूनाको रिपोर्ट पोजिटिभ आएको र हाल कोरोना सक्रिय संक्रमितको संख्या ५४३४ पुगेको छ ।