स्वास्थ्य

अमेरिकी सिनेटको रिपोर्टमा ठूलो दाबी, चीनका प्रयोगशालाबाट फैलिएको कोरोना भाइरस

वासिंङ्गटन, अमेरिका । अमेरिकी सिनेटको प्रतिवेदनमा कोरोना भाइरसबारे सनसनीपूर्ण दाबी गरिएको छ । रिपोर्टमा कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलिएको बताइएको छ । कोभिड १९ को सुरुवातदेखि नै चीनको वुहान प्रयोगशालाको भूमिकामाथि प्रश्न उठिरहेको छ । फेरि एकपटक कोरोना भाइरसको बारेमा चर्चा भइरहेको छ ।

यो घातक भाइरस चीनको वुहान ल्याबबाट उत्पत्ति भएको हो । अमेरिकी सिनेटमा यस्तो दाबी गरिएको हो । बिहीबार अमेरिकी सिनेटमा उक्त प्रतिवेदन पेश गरिएको छ, जसमा यो महामारीको विनाशकारी भाइरस चीनको वुहान ल्याबबाट उत्पत्ति भएको दाबी गरिएको छ ।