स्वास्थ्य

के कोरोना फेरि फर्किन्छ? अष्ट्रेलियापछि चीनमा पनि बढ्यो कोभिड–१९, ग्वान्झाउ र झेङझाउमा मिनी लकडाउन

काठमाडौं । चीनमा फेरि एकपटक कोरोना भाइरसको संक्रमण बढेको छ । शनिबार (१२ नोभेम्बर) चीनमा कोभिड–१९ का १४ हजार ८७८ नयाँ घटनाहरू सार्वजनिक भएका छन् । जसमा राजधानी बेइजिङका साथै उत्पादन केन्द्र गुआन्झाउ र झेंग्झाउमा नयाँ केसहरूको रेकर्ड संख्या समावेश छ ।

समाचारका अनुसार नेशनल हेल्थ कमिसन (एनएचसी) ले आइतवार भने कि चीनमा दैनिक संक्रमितको संख्या ११ नोभेम्बरमा ११,९५० पुगेको छ । चीनमा गत हप्तामा कोभिड–१९ मा भएको वृद्धिले ’शून्य कोभिड’ रणनीतिको बीचमा रुकावटको अवस्था सिर्जना भइरहेको छ, जसअन्तर्गत प्रत्येक संक्रमित व्यक्तिलाई आइसोलेसनमा राखिनेछ ।