Uncategorized

ट्राफिक व्यवस्थापनमा महानगर प्रहरीको सहयोग सुरु, प्रहरीसँग नगर प्रहरी राखेका छौँ — नगर प्रहरी बल प्रमुख पाण्डे

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगर प्रहरी खटाउन थालेको छ । नगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजु पाण्डेकाअनुसार सवारी साधनको चाप धेरै भएका समय विहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म मुख्य चोकहरुमा ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी खटाउन थालिएको हो ।
आज हामीले कोटेश्वर, बानेश्वर, गौशाला, जमल, रत्नपार्क, महाराजगञ्ज, कालीमाटी, कलंकीलगायत स्थानमा हाम्रा जनशक्ति परिचालन गरेका छौँ । पाण्डेको भनाइ छ ।