Uncategorized

प्रमुख आयुक्तसँग जापानी परराष्ट्रराज्यमन्त्री र दक्षिण कोरिया निर्वाचन आयोगका आयुक्तसँग छुट्टा छुट्टै शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आउनुभएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गरेको छ । भेटका अवसरमा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल भएको थियो । राज्यमन्त्री ताकेइले नेपालमा मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रक्रियाको प्रशंसा गरेका छन् । प्रमुख आयुक्त थपलियाले निर्वाचन अवलोकन गरेकामा जापानी प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गरेका छन् ।

सो अवसरमा आयोगका सचिव गोकर्णमणि दुवाडी, सहसचिवहरू तथा नेपालका लागि जापानका राजदूत किकुता युताकासहितको उपस्थिति रहेको थियो । साथै आज नै प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आएका दक्षिण कोरियाको निर्वाचन आयोगका आयुक्त (स्टयाण्डिङ कमिस्नर) Kang Seong bae ले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग शिष्टाचार भेट गरेको छ ।

भेटका अवसरमा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल भएको थियो । प्रमुख आयुक्त थपलियाले निर्वाचन अवलोकन गरेकामा कोरियाली प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गरेका छन् ।