अर्थ

एक वर्षमा ५ लाख ४९ हजार विदेशि पर्यटक नेपाल भ्रमणमा पुगे

काडमाडौं । यो एक वर्षमा पाँच लाख ४९ हजार छ सय ५६ विदेशी पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । उपलब्ध गराएको तथ्याङ्कानुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म पाँच लाख ४९ हजार छ सय ६५ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
नोभेम्बर महिनामा ७२ हजार छ सय ५३ पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।

अघिल्लो अक्टोबरमा ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल भित्रिएका थिए । अप्रिलमा ६१ हजार पाँच सय ८९ र सेप्टेम्बरमा ५८ हजार तीन सय १४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै अगष्टमा ४१ हजार तीन सय ४, जुलाइमा ४४ हजार चार सय ६२ र जुनमा ४६ हजार नौ सय ७५, मेमा ५३ हजार छ सय आठ, मार्चमा ४२ हजार छ, फेब्रुअरीमा १९ हजार सात सय ६६ र जनवरीमा १६ हजार नौ सय ७५ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

नोभेम्बरमा पनि भारतबाट २० हजार आठ सय ३२ पर्यटक आएका छन् । मेरिकाबाट सात हजार आठ सय ३१, बेलायतबाट पाँच हजार एक सय ६५ र अष्ट्रेलियाबाट तीन हजार तीन सय ७५ पर्यटक नेपाल भित्रिएका हुन् ।