Home » Sample Page » प्रधानमन्त्री दाहालद्वारा पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको अद्घाटन
अर्थ-स्वास्थ्य

प्रधानमन्त्री दाहालद्वारा पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको अद्घाटन

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । विमानस्थल उद्घाटन गर्न प्रधानमन्त्री दाहाल आइतबार बिहान पोखरा आएका थिए । विमानस्थलको उद्घाटन भएसँगै आजैबाट सबै आन्तरिक उडान हुनेछन । लामो प्रतिक्षापछि विमानस्थल निर्माण भएर सञ्चालनमा आएपछि पोखरेलीहरु खुसी छन् । यसबाट पोखराको समृद्धिको अपेक्षा गरिएको छ ।

आइतबारबाट विमानस्थल औपचारिकरुपमा सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडानको भने एकिन भइसकेको छैन । अन्तर्राष्ट्रिय उडानका लागि थाई स्माइल, जजीरालगायतले चासो राखेर कुराकानी गरिरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । करिब पाँच दशकदेखिको पोखरेलीको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्ने सपना पुरा भएको दिनलाई विशेष बनाउन महानगरले सार्वजनिक बिदा समेत दिएको छ ।

युट्युब च्यानल

Oops, something went wrong.

RSS: Reuters World News

[wp_rss_aggregator link_before=’

  • ‘ class=”feed-link”‘ link_after=’

‘ source=”255″ limit=”10″]