मनोरञ्जन

महिला टी–२० विश्वकपमा भारत इंग्ल्याण्डलसँँग ११ रनले पराजित

केबेरा । महिला टी–२० विश्वकपको समुह–२ मा इंग्ल्याण्डले भारतलाई ११ रनले हराएको छ । प्रतियोगिताको इतिहासमा भारतमाथि इङ्ल्यान्डको यो छैटौं जित हो । भारतीय टोलीले टी–२० विश्वकपमा इङ्ल्यान्डमाथि एउटा पनि जित दर्ता गर्न सकेको छैन । भारले सेमिफाइनलको दौडमा रहन अर्को खेलमा आयरल्याण्डलाई हराउनुपर्नेछ । टस हारेर पहिले ब्याटिङ रोजेको इंग्ल्याण्डले अन्तिम ओभरमा सात विकेट गुमाएर १५२ रन बनाएको थियो । १५२ रनको लक्ष्य पछ्याएको टीम इण्डियाले एघारौं ओभरमा ६ विकेट गुमाएर १४० रन मात्र बनाउन सकेको थियो । भारतका लागि स्मृति मन्धानाले सर्वाधिक ४२ रन र ऋचा घोषले ४७ रन बनाएकी थिइन् ।