अर्थ

विश्व खुसी देशको प्रतिवेदनमा नेपाल ७८औँ, भारत १२५औँ स्थानमा र फिनल्याण्ड सबैभन्दा खुसी देश

न्यूयोर्क । अन्तर्राष्ट्रिय खुशी दिवसको अवसरमा वार्षिक खुसी प्रतिवेदन सार्वजनिक गरिएको छ । १३७ देशको सूचीमा भारत १२५औँ स्थानमा छ । भारतको छिमेकी राष्ट्र पाकिस्तान १०८, म्यानमार ७२ जबकी नेपाल ७८ स्थानमा छ । त्यस्तै बंगलादेश १०२ र चीन ६४ औँ स्थानमा छन् । प्रतिवेदनमा फिनल्यान्डलाई विश्वको सबैभन्दा खुसी देशको रुपमा वर्णन गरिएको छ । यो सूचीमा अफगानिस्तान १३७ औं स्थानमा छ । रिपोर्टका अनुसार त्यहाँका मानिसहरु सबैभन्दा दुखी छन् । सबैभन्दा कम खुसी देशहरूको सूचीमा अन्य देशहरू छन लेबनान, जिम्बाब्वे, प्रजातान्त्रिक गणतन्त्र कंगो आदि । यी देशहरूमा भ्रष्टाचार उच्च छ र मानिसहरूको आयु सबैभन्दा कम छ ।

प्रतिवेदन युएन सस्टेनेबल डेभलपमेन्ट सोलुसन नेटवर्कले सार्वजनिक गरेको हो । यो १५० भन्दा बढी देशका मानिसमा गरिएको विश्वव्यापी सर्वेक्षण तथ्याङ्कको आधारमा बनाइएको हो । यसमा प्रतिव्यक्ति जीडीपी, सामाजिक सहयोग, आयु प्रत्याशा, स्वतन्त्रता, भ्रष्टाचार र उदारता जस्ता कारकहरूलाई विशेष ध्यान दिइन्छ ।

पछिल्लो एक वर्षदेखि रुस–युक्रेन युद्ध चलिरहेको छ । अझै पनि खुशी सूचकाङ्कमा उनीहरुको स्थिति भारतभन्दा राम्रो छ । रुस ७० औँ र युक्रेन ९२ औँ नम्बरमा छ । विश्वको सबैभन्दा तीव्र गतिमा बढिरहेको अर्थतन्त्र भए पनि भारत सूचीको एकदमै तल रहेको छ । यस्तो अवस्थामा भारत संकटमा फसेका देशभन्दा पनि तल किन छ ।