अन्तराष्ट्रिय

पूर्व प्रधानमन्त्री इमरान खान पाकिस्तानी रेंजर्सद्वारा पक्राउ

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पाकिस्तानी रेंजर्सले पक्राउ गरेको छ । रिपोर्टका अनुसार इमरान खानलाई इस्लामावाद उच्च अदालतबाट पक्राउ गरिएको हो । उनी एक मुद्दामा हाजिर हुन उच्च अदालत पुगेका थिए । नेशनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) ले मे १ मा इमरानलाई पक्राउ गर्न वारेन्ट जारी गरेको थियो ।

इमरान खानविरुद्ध १४० भन्दा बढी मुद्दा चलिरहेका छन् । उनी लामो समयदेखि तोशखाना मुद्दामा फसेका छन् । यो घटनामा पनि उनीमाथि गिरफ्तारीको तरवार लटकिरहेको थियो । यस्तो अवस्थामा प्रश्न उठ्छ कि यदि इमरान तोशाखाना मुद्दामा पक्राउ परेका छैनन् भने त्यो मुद्दा के हो जसमा इमरान यति नराम्ररी फसेका छन् ? के हो अल कादिर ट्रस्ट मुद्दा ? यसमा इमरानकी श्रीमती बुशरा बीवीको भूमिका के छ ?
वास्तवमा, यो मामला अल कादिर ट्रस्ट विश्वविद्यालयसँग सम्बन्धित छ । राष्ट्रिय उत्तरदायित्व ब्यूरो (एनएबी) ले गत बुधबार इमरान खान, उनकी पत्नी बुशरा बीवी र इमरान खानको पार्टी पीटीआईसँग सम्बद्ध धेरै नेताहरू विरुद्ध मुद्दा दर्ता गरेको थियो ।

इमरान खान प्रधानमन्त्री हुँदा उनकी पत्नी बुशरा बीबी र केहि अन्य पीटीआई नेताहरु संग अल–कादिर विश्वविद्यालय परियोजना ट्रस्ट गठन गरेको थियो । यसको उद्देश्य पञ्जाबको सोहावा जिल्लाको झेलममा गुणस्तरीय शिक्षा प्रदान गर्न अल–कादिर विश्वविद्यालय स्थापना गर्नु थियो । ट्रस्टको कार्यालयको ठेगाना बानी गाला हाउस, इस्लामाबाद उल्लेख गरिएको छ ।

इमरान र उनकी श्रीमतीले यस विश्वविद्यालयका लागि आवासीय कम्प्लेक्सको जग्गा अवैध रूपमा कब्जा गरेको आरोप छ । यसका लागि दुवैले पाकिस्तानका सबैभन्दा धनी व्यक्तित्व मलिक रियाजलाई धम्की समेत दिएका थिए । इमरानकी श्रीमती बुशरा बीबीले पाँच क्यारेटको हीराको औंठी मागेको कुरा पनि बाहिर आएको थियो । यसका साथै पूर्व प्रधानमन्त्री खान उनकी पत्नी बुशरा बिबी र अन्य पीटीआई नेताहरूमाथि पनि राष्ट्रिय कोषलाई १९ करोड पाउण्डको नोक्सान गरेको आरोप लागेको छ ।

पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामावाद उच्च अदालत बाहिर पक्राउ गरिएको छ । पूर्व प्रधानमन्त्री खानलाई पक्राउ गर्न प्रहरी आएन, पाकिस्तानी रेन्जर्स (अर्धसैनिक बल) आएका थिए । पाकिस्तानको अवस्थालाई नजिकबाट जान्ने मानिसहरू भन्छन्, इमरान खानलाई रेंजर्सले गिरफ्तार गर्नु ठूलो कुरा हो । त्यहाँको वर्तमान परिस्थितिमा सरकारमा सेनाको हस्तक्षेपलाई नकार्न नसकिने भएकाले आइएसआई र सेनाले मिलेर इमरान खानलाई पक्राउ गर्ने योजना बनाएका छन् ।
इमरान खानलाई रेन्जर्सको भेषमा सेनाका कमाण्डोले पक्राउ गरेको हुनसक्छ ।

इमरान पाकिस्तानमा धेरै लोकप्रिय छन्, त्यसैले उनको गिरफ्तारीको जानकारी स्थानीय पुलिसबाट लीक हुन सक्ने हुनाले पाकिस्तानी रेन्जर्सलाई अगाडि ल्याइयो । पाकिस्तानको मामिलालाई नजिकबाट नियाल्ने एयर कमोडोर बीएस सिवाच (सेवानिवृत्त) ले आगामी दिनहरू यस देशका लागि राम्रो नभएको बताएका छन् । इमरान खानलाई रेन्जर्सले गिरफ्तार गर्यो, यसको अर्थ केही हो । त्यहाँ मार्सल ल लगाउनु ठूलो कुरा होइन । विगतमा पनि धेरै पटक यस्तो भएको छ । मार्शल ल पछि सबै कुरा सेनाको नियन्त्रणमा आउँछ ।

इमरान खानको गिरफ्तारी अचानक भएको होइन । यसका लागि लामो समयदेखि प्रयास भइरहेको थियो । मुद्दा अदालतमा पुगेपनि सरकारले उनलाई कैयौँ पटक थुनामा राख्ने प्रयास गरे पनि हरेक पटक उनको पार्टीले बाधा पु¥याएको थियो । यही कारणले इमरानको गिरफ्तारी गोप्य राखिएको थियो । सेनाका कमान्डोहरू पाकिस्तानी रेन्जर्सको वर्दी लगाएर आएका हुनसक्छन् । इमरानको गिरफ्तारीपछि पीटीआई चुपचाप बस्दैन, यो पहिले नै अनुमान भइसकेको थियो ।

इस्लामावाद उच्च अदालतले इमरान खानको गिरफ्तारीमा आफ्नो फैसला सुरक्षित राखेको छ । यसअघि इस्लामाबाद उच्च अदालतले इस्लामावादका प्रहरी प्रमुख र अन्यलाई अदालतमा उपस्थित हुन र खानलाई किन गिरफ्तार गरिएको थियो भनी बताउन आदेश दिएको थियो । उच्च अदालतका मुख्य न्यायाधीश आमिर फारुकले आफूले संयमता अपनाइरहेको र इस्लामावादका प्रहरी प्रमुख अदालतमा उपस्थित नभएमा प्रधानमन्त्रीलाई बोलाउने चेतावनी दिए ।

न्यायमूर्ति फारुकले अदालतमा आएर इमरानलाई किन र कुन मुद्दामा पक्राउ गरिएको हो भन । त्यसपछि इस्लामावादका प्रहरी महानिरीक्षक हाजिर भए र खानलाई एनएबीले पक्राउ गरेको र उनको गिरफ्तारी वारेन्टको प्रतिलिपि पनि पेश गरेको अदालतलाई बताए । इमरानका समर्थकहरूले रावलपिंडीस्थित सेनाको मुख्यालयमा आक्रमण गरेका थिए । लाहोर आर्मी क्यान्ट र कोर कमाण्डरको घरमा पनि हंगामा मच्चिएको छ । धेरै ठाउँमा अश्रु ग्यास समेत प्रहार गर्नु परेको छ । पेशावरमा पनि पीटीआई समर्थकहरुको प्रदर्शन हिंसात्मक बनेको छ ।

पीटीआई कार्यकर्ताहरूले लाहोरमा सडक अवरुद्ध र प्रदर्शन पनि गरेका छन् । इस्लामावाद प्रहरीले इन्स्पेक्टर जनरल (आईजी) अकबर नासिर खानलाई उद्धृत गर्दै इस्लामावादको अवस्था सामान्य रहेको बताएको छ । उनले संघीय राजधानीमा धारा १४४ लगाइएको र उल्लंघन गर्नेलाई कारबाही गरिने बताए ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई मंगलबार अर्धसैनिक बलले गिरफ्तार गरेपछि पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का कार्यकर्ताहरूले इस्लामाबादमा विरोध प्रदर्शन र हंगामा मच्चाएका थिए । यसपछि पाकिस्तान प्रहरीले सहरमा निषेधाज्ञा लगाएको छ । इस्लामावाद प्रहरीले देशको राजधानीमा हिंसाको कुनै घटना नभएको जनाएको छ ।