अन्तराष्ट्रिय

पूर्व प्रधानमन्त्री इमरान खानको घरबाट भाग्दै गर्दा ६ आतंककारी पक्राउ

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्रीको समस्या कम हुने नाम लिइरहेको छैन । शुक्रबार लाहोर प्रहरीले इमरान खानको घरबाट थप ६ आतंककारीलाई पक्राउ गरेको छ । पाकिस्तानी मिडिया रिपोर्टका अनुसार लाहोर क्यापिटल सिटीका पुलिस अधिकारी बिलाल सद्दिक काम्यानले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जमान पार्क निवासबाट भागेका ६ आतंककारीलाई पक्राउ गरिएको बताए । बिलाल काम्यानले यी ६ आतङ्ककारीको पक्राउसँगै जमन पार्कबाट हालसम्म १४ आतङ्ककारीलाई पक्राउ गरिएको बताए ।

पाकिस्तानी पञ्जाब पुलिसले खानको घरमा कथित रूपमा लुकेका आतंकवादीहरूलाई पक्राउ गर्न सुरक्षा अभियान सुरु गर्न लागेको छ । राज्य सरकारले खानलाई आतङ्ककारी सुपुर्दगी गर्न २४ घण्टाको समय दिएको थियो जसको म्याद अब सकिएको छ । पाकिस्तानी मिडियाका अनुसार पञ्जाबको अन्तरिम सरकारले बुधवार दावी गरेको थियो कि जमान पार्कमा रहेको इमरान खानको निवासमा आतंकवादीहरू लुकेका छन् जसलाई सरकारले उनीहरूलाई सुपुर्दगी गर्न २४ घण्टाको समय दिएको थियो । पाकिस्तानी मिडियाका अनुसार जमान पार्क जाने बाटो प्रहरीले बन्द गरेको छ । उक्त क्षेत्रमा बाक्लो प्रहरी परिचालन गरिएको छ । पञ्जाब प्रहरी प्रमुखले प्रहरीलाई सतर्क रहन निर्देशन दिएका छन् ।

पाकिस्तानको संसदको वर्तमान राष्ट्रिय सभाको कार्यकाल यसै वर्षको अगस्टमा पूरा हुनेछ । निर्वाचन आयोगले असोजभित्र आम निर्वाचन गर्ने तयारी गरेको छ । खानले मइ ९ को दंगाको स्वतन्त्र छानबिनको माग गरेका छन्, जसलाई खानले भ्रष्टाचारको मुद्दामा पक्राउ गरेपछि हिंसाको पछाडि षड्यन्त्र भएको दाबी गरेका छन् ।