धर्म-संस्कृति

सनातनीले जिवनमा एक पटक दर्शन गर्नै पर्नेमा (१२ मन्दिर) बाह् ज्योतिर्लिङ्ग

भगवान शिवले यी १२ स्थानमा ज्योतिको रूपमा बास गर्दछन भन्ने विश्वास गरिन्छ, त्यसैले यी १२ मन्दिरलाई ज्योतिर्लिङ्ग भनिन्छ । बाह्र ज्योतिर्लिङ्गहरूमा सोमनाथ, मल्लिकार्जुन, महाकालेश्वर, ओंकारेश्वर, केदारेश्वर, भीमाशंकर, विश्वेश्वर (विश्वनाथ), त्रियम्बकेश्वर, वैद्यनाथ, नागेश्वर, रामेश्वर, घुश्मेश्वर (घृष्णेश्वर) पर्छन् ।

पहिलो ज्योतिर्लिङ्ग– सोमनाथ
सोमनाथ मन्दिर गुजरात, सौराष्ट्र, भारतको समुद्री तटमा अवस्थित छ ।
मान्यता– सोमनाथ मन्दिर क्षेत्रमा नन्द्रदेवले भगवान शिवलाई प्रसन्न पार्न तपस्या गरेका थिए । चन्द्रदेवको तपस्याबाट भगवान शिव प्रसन्न भएर यहाँ प्रकट भए । चन्द्रदेवको पनि एक नाम सोम थियो, त्यसैले यस मन्दिरको नाम सोमनाथ राखियो ।

दोस्रो ज्योतिर्लिङ्ग– मल्लिकाजुर्ना
मल्लिकाजुर्ण ज्योतिर्लिङ्ग आन्ध्र प्रदेशको कृष्णा जिल्लाको कृष्णा नदीको किनारमा श्रीशैल पर्वतमा अवस्थित छ ।
मान्यता– मल्लिकाजुर्न ज्योतिर्लिङ्ग एक मात्र मन्दिर हो जहाँ भगवान शिवलाई देवी पार्वतीसँगै प्रकाशको रूपमा विराजमान गरिएको छ । यहाँ दर्शन गर्नाले अश्वमेध यज्ञजस्तै पुण्य प्राप्त हुन्छ ।

तेस्रो ज्योतिर्लिंग– महाकालेश्वर
महाकालेश्वर ज्योतिर्लिंग मध्य प्रदेशको उज्जैनमा अवस्थित छ । शक्तिपीठ हरसिद्धि मन्दिर पनि महाकालेश्वर नजिकै अवस्थित छ ।
मान्यता – दक्षिणमुखी एउटा मात्र ज्योतिर्लिङ्ग हो । महाकालेश्वर मन्दिरमा हरेक बिहान भस्म आरती गरिन्छ । यहाँ पुजा–आजा गर्दा अदृष्य डर भए पनि टाडा हुन्छ ।

चौथो ज्योतिर्लिंग– ओंकारेश्वर
ओंकारेश्वर ज्योतिर्लिङ्ग मध्य प्रदेशको इन्दौरबाट ८० किलोमिटर टाढा नर्मदा नदीको किनारमा अग्लो पहाडमा अवस्थित छ ।
मान्यता– यो ज्योतिर्लिङ्ग ओंकार ओमको आकारमा रहेको हुनाले यसलाई ओंकारेश्वर भनिन्छ ।

पाँचौं ज्योतिर्लिंग– केदारनाथ
केदारनाथ धाम उत्तराखण्डका चार धाम मध्ये एक हो । केदारनाथ धाम मन्दिर करिब ३५८१ वर्ग मिटरको उचाइमा छ । मन्दिर रुद्रप्रयाग जिल्लाको गौरीकुण्डबाट करिब १६ किलोमिटर टाढा छ । यो मन्दिर हिमालय क्षेत्रमा पर्छ । जाडो मौसममा यहाँको हावापानी प्रतिकूल रहने भएकाले चिसोका दिनमा बन्द रहन्छ ।

छैटौं ज्योतिर्लिंग– भीमाशंकर
भीमाशंकर ज्योतिर्लिंग महाराष्ट्रको पुणे जिल्लाको सह्याद्री पर्वतमा अवस्थित छ । भीमाशंकरलाई मोतेश्वर महादेवको नामले पनि चिनिन्छ ।
मान्यता– भीम त्रेतायुगमा रावणका भाइ कुम्भकर्णका छोरा थिए । जब श्रीरामले कुम्भकर्ण र रावणलाई मारे तब भीम असुर श्रीराम र विष्णुसँग धेरै क्रोधित भएका थिए । उनले तपस्या गरेर ब्रह्माजीलाई प्रसन्न गरेर वरदान पाएर देवताहरूलाई हराउन थालेका थिए ।

सातौं ज्योतिर्लिङ्ग– काशी विशनाथ
विश्वनाथ ज्योतिर्लिंग वाराणसी अर्थात् उत्तर प्रदेशको काशीमा स्थिर छ । काशी सप्तपुरीहरू मध्ये एक हो ।
मान्यता– यहाँ महादेवसँगै पार्वतीको पनि वास छ । यहाँ देवर्षि नारदलगायत अन्य देवताहरू आएर भगवान शिवको पूजा गर्छन् । यस क्षेत्रको सम्बन्धमा भनिन्छ कि यहाँ मर्ने व्यक्तिले मोक्ष पाउँछ ।

आठौं ज्योतिर्लिंग– त्र्यंभकेश्वर
त्रिंबकेश्वर ज्योतिर्लिंग महाराष्ट्रको नासिक जिल्लामा अवस्थित छ त्रिंबकेश्वर मन्दिर । मन्दिर नजिकै ब्रहगिरी पर्वत छ । गोदावरी नदी यही पहाडबाट निस्कन्छ ।
मान्यता– यहाँ अवस्थित शिवलिंगमा ब्रह्मा, विष्णु र महेशको सँगै पूजा गरिन्छ । भगवान शिवलाई प्रसन्न पार्न गौतम ऋषिले यस क्षेत्रमा तपस्या गरेका थिए, उनको तपस्याबाट प्रसन्न भएर भगवान शिव प्रकट भए । त्यसबेलादेखि भगवान शिव यहाँ ज्योति स्वरूपमा विराजमान छन् ।

नवौं ज्योतिर्लिंग– वैद्यनाथ
वैद्यनाथ ज्योतिर्लिङ्गको बारेमा धेरै भिन्नताहरू छन् । महाराष्ट्रमा अवस्थित वैद्यनाथ मन्दिर र झारखण्डमा अवस्थित मन्दिरको बारेमा मत भिन्नता छ । वैद्यनाथ मन्दिर झारखण्डको देवधर जिल्लामा अवस्थित छ र महाराष्ट्रको पार्ली स्टेशन नजिकै पार्ली गाउँमा वैद्यनाथ मन्दिर छ ।
मान्यता– त्रेतायुगमा रावण भगवान शिवका परम भक्त थिए । हिमालयमा शिवाङ्ग बनाएर तपस्या गरिरहेका थिए । रावणको तपस्याबाट भगवान शिव प्रसन्न हुंदै प्रकट भए । रावणले वरदानमा मागे कि उनी यो शिवलिंग लंकामा स्थापना गर्न चाहन्छन् । शिवजीले यो वरदान दिए तर एउटा शर्त पनि राखेर भने यदि यो शिवलिंगलाई बाटोमा राख्छौ भने शिवलिङ्ग त्यहाँ स्थापना हुनेछ । रावण यो कुरामा सहमत भए ।
रावण शिवलिङ्ग लिएर लंका जाँदै थिए तर बाटोमा भुलवश शिवलिङ्गलाई तल राख्न पुगे त्यसपछि त्यहीँ शिवलिंग स्थापना भयो । रावणले धेरै प्रयास गरे तर शिवलिङ्ग उठाउन सकेनन् । निराश भएर रावण एक्लै लंका गए । त्यसपछि सबै देवताहरूले त्यो शिवलिंगको पूजा गरे । सबैको प्रार्थना सुनेर प्रसन्न हुँदै भगवान शिव प्रकाशको रुपमा प्रकट भए । यो ठाउँ नै वैद्यनाथ ज्योर्तिलिङ हो । त्यसबेलादेखि शिवजी यहाँ प्रकाशको रूपमा विराजमान छन् ।

दशौं ज्योतिर्लिङ्ग– नागेश्वर
यो ज्योतिर्लिङ्ग गुजरातको द्वारकामा अवस्थित छ । द्वारकाबाट नागेश्वर ज्योतिर्लिङ्गको दूरी पनि १७ किलोमिटर छ ।
मान्यता– शिवपुराणको रुद्रसंहितामा भगवान शिवको एउटा नाम नागेशम दारुकावणे भनिएको छ । शिवजी सर्पका देवता हुन् र नागेश्वरको पूर्ण अर्थ सर्पको देवता हो ।

एघारऔै ज्योर्तिलिङ्ग– रामेश्वरम
रामेश्वरम ज्योर्तिलिङ्ग तमीलनाडुको रामनाथ पुरमा स्थित छ ।
मान्यता– त्रेतायुगमा रावणको वध गरे पश्चात श्रीराम जब लंकाबाट आइरहेका थिए त्यो समयमा श्रीराम दक्षिण भारतमा समुन्द्रको किनारमा बास बसेका थिए । सोही समयमा श्रीरामले बालुवाबाट शिवलिङ्ग निर्माण गरेर शिवलिङ्गको पुजा गरेका थिए । श्रीरामले बालुवाबाट निर्मित शिवलिङ्गको पुजा गरेपछि उक्त शिवलिङ्ग बज्र समान भएको थियो यस्तो मान्यता रहेको छ । भगवान श्रीरामद्वारा बालुवाबाट निर्माण गरेको शिवलिङ्गलाई नै रामेश्वरम भनिन्छ ।

बाह्औै ज्योर्तिलिङ्ग– घृष्णेश्वर
घृष्णेश्वर ज्योर्तिलिङ्ग महाराष्ट्रको औरङ्गाबादको नजिक दौलताबाद क्षेत्रमा अवस्थित छ । यस ज्योर्तिलिङ्गलाई घृसणेश्वर र घुश्मेश्वरको नामले पनि जानिन्छ ।
मान्यता– पुरानो समयमा सुधर्मा नामक एक ब्राह्मण थिए । सुधर्मा ब्राह्मण की सुदेहा नाम गरेकि श्रीमति थिइन् । उनिहरुको कुनै सन्तान थिएन । त्यसैले सुदेहाले आफ्नी कान्छी बहीनी घुस्माको विवाह सुधर्मासँग गराएकी थिइन । घुस्मा शिवजी की भक्त थिइन । विवाह पश्चात शिवजीको आर्सिवादले उनिबाट पुत्रको ज्नम भयो । त्यसपद्धि सुदेहा आफ्नै कान्छी बहीनिको डाहा गर्न थालिन । डाहाले गर्दा सुदेहाले आफ्नै कान्छीबाट जन्मेको छोराको हत्या गरेर त्यसको शवलाई एक कुण्डमा फलिन । जब यो कुरा घुस्माले थाहा पाईन उनि कुनै क्रोध गरेबिना शिवजीको पुजा गर्न थालिन । शिवजी उनको पुजा भक्तिबाट प्रसन्न भएर साक्षात प्रकट भए र उनको पुत्रलाई पुनः जीवित गरिदिए । घुस्माने शिवजीसँग प्रार्थना कगरेकि थिइन् कि शिवजीका सधै यसै स्थानमा बास होस भनेर । शिवजीले घुस्माको प्रार्थनालाई स्वीकादै शिवजी यस स्थानमा ज्योति स्वरुपमा विराजमान भएका थिए ।