धर्म/संस्कृति

सुदूरपश्चिमम बिसु पर्व मनाइदै

कैलाली । सुदूरपश्चिममा नयाँ वर्षको दिन विशुपर्व मनाइने गरिन्छ । विशुपर्वमा एकअर्कामा सिस्नु छ्याप्ने र वर्षभरी भएको मनमुटाव, नराम्रो कुरा त्यागेर नयाँ उमंगका साथ नयाँ वर्ष मनाउनुपर्छ भन्ने चलन रहेको छ। देशभरी नयाँ वर्ष मनाउने फरक फरक तरिका भएपनि सुदूरपश्चिममा भने सिस्नु छ्याप्दै नयाँ वर्ष मनाइन्छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा देवर–भाउजु, साथी–साथीले एक अर्कालाई सिस्नु छ्याप्दै विसु पर्व मनाई रहेका बेला, तराईमा पनि यो पर्व सिस्नु छ्याप्दै धुमधामका साथ मनाइएको हो । ‘वितेको वर्षभरी भएका तिता कुराहरू बिर्सने गरी विशु मनाइने गरिन्छ । सिस्नु छ्याप्नु आफैमा थेरापी पनि हो । विशुको दिन सिस्नु छ्यापेको व्यक्तिबीच वर्षभरी मनमुटाव हुनुहुँदैन भन्ने मान्यता छ ।’

नयाँ वर्षको दिन सिस्नु नलाए विष हुने, वितेका वर्षका जस्ता दुखकष्ट नयाँ वर्षमा आई रहने मान्यता छ । सिस्नुको पोलाईले शरीरमा नयाँ उर्जा दिने भएकाले पनि पुराना दुःख कष्ट मनमुटाव बिर्सेर नयाँ उमंगका साथ विसु पर्व मनाउने परम्परा रहेको छ । समाजमा झैझगडा भएर बोचचाल बन्द भएकाहरू, मनमुटाव भएकाहरू पनि विसु पर्वका दिन सिस्नु छ्यापेर बोलचाल सुरु गर्ने र मनमुटाव हटाउने प्रचलन छ ।

रमाइलोका लागि बढी जसो देवर भाउजु र साथी–साथीले एक अर्कालाई सिस्नु छ्याप्दै रमाइलो पनि गर्ने गर्छन् । विसु पर्वका दिन एकै ठाउँमा भेला भएर सिस्नु छ्याप्ने, नाचगान गर्ने, मिठा मिडा परिकार खाने गरी रमाइलो गरिन्छ ।