अर्थ

आर्थिक बर्षको बैशाख मसान्तसम्ममा ७ अर्ब ३९ करोड ४० लाख ११ हजार ७१८ रुपैयाँ राजस्व संकलन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा ७ अर्ब ३९ करोड ४० लाख ११ हजार ७१८ रुपैयाँ राजस्व संकलन गरेर ७०.९६ प्रतिशत प्रगति हासिल गरेको छ । यस बर्षका लागि १० अर्व ४१ करोड ९५ लाख ४९ लाख रुपैयाँ राजस्व अनुमान गरिएको थियो । संकलित राजस्वमा आन्तरिक आयतर्फ ९०.४५ प्रतिशत, बाँडफाँडबाट प्राप्त हुने रकममा ३३.५० प्रतिशत र अनुदानतर्फ ८६.४५ प्रतिशत प्रगति प्राप्त भएको छ ।

गएको बर्ष यी शीर्षकमा क्रमशः ७९.७० प्रतिशत, २९.६१ प्रतिशत र ५३.०३ प्रतिशत प्रगति प्राप्त भएको थियो । राजस्व अनुमान ९ अर्व ८ करोड ७० लाख १३ हजार थियो भने संकलित रकम ५ अर्ब ३७ करोड २३ लाख ६ हजार ५६९ रुपैयाँ थियो । यो लक्ष्यको ५९.१२ प्रतिशत हो ।