अर्थ-स्वास्थ्य

भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङका साथै थप चारजना पक्राउ

काठमाडौँ । ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ । ललिता निवासको जग्गा हडप्न सरकारी कागजात किर्ते गरेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको सीआईबी स्रोतले जनाएको छ ।

साथै ललितानिवास प्रकरणका थप चार आरोपी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन चार कर्मचारीलाई पक्राउ गरेको छ । कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा तथा कर्मचारीहरू सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि केसी पक्राउ परेका छन् ।