अर्थ-स्वास्थ्य

प्रतनिधिसभाबाट बजेट बहुमतले पारित

काठमाडौँ । सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट (आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक) पारित भएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा मतदान हुँदा बहुमतसहित आगामी आर्थिक वर्षको बजेट पारित भएको हो। आगामी आर्थिक वर्षको बजेट पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४७ मत परेको थियो भने विपक्षमा १०८ मत परेको थियो ।

प्रतिनिधिसभामा उपस्थिति २५५ जना सदस्यहरु रहेका थिए । प्रस्तावको पक्षमा बहुमत भएकाले सो प्रस्ताव पारित गरिएको सभामुख देवराज घिमिरेले घोषणा गरे । सो प्रस्तावको विपक्षमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले मतदान गरेका थिए । यस अघि एमालेले मत विभाजन गरेर बजेट पारित गर्न माग गरेको थियो ।