अर्थ-स्वास्थ्य

देशभरि आज धान दिउस मनाइदै

काठमाडौं । आज देशभरि धान दिवस मनाइएको छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवसको थालनी गरिएको हो । धान दिवसको अवसरमा किसानहरूले खेतमा काम गरी दही चिउरा खाएर मनाएका छन् ।