अर्थ-स्वास्थ्य

ललितानिवास प्रकरणमा रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन पक्राउ

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा नेपाल समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन पक्राउ परेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ । भूमाफिया, कर्मचारी र राजनीतिक नेतृत्वको त्रिपक्षीय मिलेमतोमा भएको बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी जग्गा हिनामिनाको फाइल खोलेर प्रहरीले फेरि अनुसन्धान अघि बढाएको छ ।

सिआइबीले आइतबार ललितानिवास जग्गा हिनामिनामा संलग्न भएको आरोपमा प्रहरीले थप तीनजनालाई पक्राउ गरेको छ । हिजो पक्राउ पर्नेमा शिवजी भट्टराई, धमानकुमार कार्की र बाबुराज महर्जन छन् । सिआइबीक अनुसार महर्जन नक्कली मोही हुन् भने भट्टराई काठमाडौं महानगरपालिका–४ का तत्कालीन वडासचिव र कार्की नापी कार्यालय डिल्लीबजारका नापी सर्वेक्षक हुन ।  भट्टराई हाल काठमाडौं महानगरपालिका मातहत सहकारी विभागमा कार्यरत छन् । उनी महानगरका छैटौँ तहका कर्मचारी हुन् । सिआइबीद्वारा गत मंगलबार पक्राउ परेकामध्य गुरुङ, शाह, गौतम र कार्की हिरासतमै छन् भने अदालतबाट पहिल्यै स्टे अर्डर जारी भएका केसी, देउजा र कपालीलाई भने हाजिर जमानीमा छाडिएको छ ।