अर्थ-स्वास्थ्य

प्रतिनिधिसभाद्वारा मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने तयारी

काठमाडौं । प्रतिनिधिसभाले आइतबारको बैठकको कार्यसूचीमा मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने विधेयक आजै (आइतबार) पारित गर्ने तयारी गरिएको छ । आइतबार नै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार नै मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने कार्यसूची तयार गर्न लागेको हो ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । यसअघि उक्त विधेयकमाथि दफावार छलफल पनि गरिने कार्यसूचीमा उल्लेख छ ।