स्वास्थ्य

९ वटा वडामा कोविड १९ विरुद्धको खोप अभियान सञ्चालन हुने, खोप उपचार होइन, रोग लाग्नबाट बचाउने उपाय हो, यसलाई ग्रहण गरौँ — अधिकारी

काठमाडौँ काठमाडौँ महानगरपालिकाले साउन २१ गतेदेखि वटा वडामा कोविड १९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको यी वडामा आएको नतिजाका आधारमा थप कार्यक्रम तर्जुमा हुनेछ यसका लागि आज टेकुमा रहेको स्वास्थ्य तालिम केन्द्र सरोकारवाला अधिकारीलाई बोलाएर तयारी बैठक सम्पन्न गरेको बैठकमा महानगरपालिकाको वडा नं. १२ का अध्यक्ष बालकृष्ण महर्जन, वडा नंं १४ का अध्यक्ष सुमन श्रेष्ठसहित खोप सञ्चालन हुने वडाका सदस्य, स्वास्थ्य सेवा विभागको खोप तथा परिवार स्वास्थ्य महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि सहभागी थिए

महानगरका वटा वडामध्ये वडा नं. ११, १७, ३१, १४ मा साउन २१ २२ गते दिन कार्यक्रम चलाइनेछ यसैगरी वडा नं. १२, १९, ३२ १५ वडामा साउन २३ २४ गते दिन कार्यक्रम चलाइनेछ कार्यक्रमलाई प्रभावकारी बनाउन साउन १८ १९ गते स्वास्थ्य स्वयमसेविकाहरुलाई अभिमुखीकरण दिइनेछ २० गते शनिवार खोप सञ्चालन हुने वडामा घरभेट तथा माइकिङ्कका कार्यक्रम हुनेछन्
खोप कार्यक्रममा १२ बर्ष माथि उमेर समूहका व्यक्तिहरुलाई फाइजर बायोटक विभालेन्ट खोप दिइनेछ अहिले दिन लागिएको खोपले अहिलेसम्म कोविड भाइरसका सबै प्रकारका परिवर्तित प्रकार सबैलाई काम गर्ने अधिकारीहरुको भनाइ बैठकमा वडा नं. १२ का अध्यक्ष बालकृष्ण महर्जनले, नागरिकको हित सुरक्षा हुने खालका कार्यक्रम सञ्चालन गर्न लागिएको बताए सामुहिक हितका विषयमा नागरिकलाई थाहा दिनु पर्छ सहभागिता गराउनु पर्छ यसका लागि वडाले संयोजन गर्नेछ, महर्जनको भनाइ थियो बैठकमा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले, ‘विरामी परेर शिथिल भएपछि मात्र उपचारका लागि जाने विद्यमान परिपाटीको अन्त्य गर्दै सम्भावित स्वास्थ्य जोखिम आँकलन गरेर महानगरबासीको बचावटको उपायका लागि खोप कार्यक्रम सञ्चालन गर्न लागिएको बताए

अहिले कोविडको चर्चा सुनिँदैन तर यसको संक्रमण सकिएको होइन यदि खोप नभइदिएको भए अहिले व्यक्ति व्यक्तिसँगै बसेर कुरा गर्ने अवस्था हुने थिएन बैठकमा खोप शाखाका प्रमुख डा. अभियान गौत्तम, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. सागर शाक्य, महानगरको स्वास्थ्य महाशाखा प्रमुख सजिना महर्जनसहितका अधिकारीले खोपले संक्रमणको जोखिमबाट बचाउँछ भन्ने कुरा आम नागरिकलाई बुझाउन जरुरी भएको उल्लेख गरे
बैठकमा मैयाँ सैजुृले यस अघि वडा नं. बौद्ध वडा नं. १५ स्वयम्भूमा सञ्चालन गरिएको खोप अभियानको अनुभव प्रस्तुत गरेका थिए त्यस्तै एफएचआई ३६० का कार्यक्रम संयोजक रेगन रञ्जितले, कोविड नियन्त्रणका लागि यस अघि गरिएका प्रयास उपलब्धी तथा यसपटकको खोप कार्यक्रमको कार्ययोजनाका विषयमा प्रस्तुतिकरण गरेका थिए

बैठकमा क्लिनिक इञ्चार्जहरुले, खोप कार्यक्रमसँग सम्बन्धित आफ्ना भोगाइ, समस्या समाधानका लागि गरिएका प्रयासका बारेमा अनुभव सुनाएका थिए अहिले कोविडको संक्रमणका बारेमा मानिसहरुले खासै कुरा गरेका छैनन् तर, अस्पतालहरुमा यसैकारण भएको निमोनियाँका विरामीहरु आउने गरेका छन् उनीहरुको उपचार आईसीयूमा राखेर गर्ने गरिएको बैठकमा खोपको महत्वका विषयमा स्वास्थ्यकर्मीहरुले धारणा राखेका थिए

कोविड संक्रमणका दृष्टिले ५५ बर्ष उमेर समूहभन्दा माथिका ज्येष्ठ नागरिक, जनसम्पर्कमा बसेर काम गर्नु पर्ने स्वास्थ्यकर्मी, गर्भवती महिला, दीर्घ रोग भएका व्यक्ति, जीवनभर औषधि खाइरहनु पर्ने लगायतका व्यक्तिलाई जोखिममा राखिएको