स्वास्थ्य

कोकाकोलामा अखाद्य बस्तु भेटिएपछि कालिञ्चोक टे«डिङ्लाई १ लाख ५० हजार रुपैयाँ जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कालिञ्चोक ट्रेडिङ्लाई १ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । वडा नं. २८ पुतलीसडकमा रहेको ट्रेडिङ् कोकाकोलाको वितरक हो । २५० मिलिलिटरको शिलबन्दी बिर्को भएको बोतलको भित्र कोकाकोलामा अखाद्य बस्तु (सेतो डल्लो) देखिएपछि भृकुटीमण्डपका व्यापारीले महानगर प्रहरीमा खवर गरेका थिए । त्यसलगत्तै महानगर प्रहरी र बजार अनुगमन टोली अनुगमनका लागि गएका थिए ।

अवस्थामा विषयमा जानकारी गराउँदै कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा. अवधेश झाले भने, ‘हामीले फोहोर देखिएको बोतलको व्याच नम्बरमा उत्पादन भएका अरु बोतलहरु हे¥यौ । अन्य व्याच नम्बरमा उत्पादन भएका बोतल पनि हे¥यौँ । उत्पादक, वितरक र व्यापारीसँग सोधपुछ ग¥यौँ । यसमा वितरकले लापर्वाही गरेको अवस्था अवगत भएपछि वितरकलाई कारवाही गरेका हौँ ।’   महानगरले बजार अनुगमनमा क्रममा अहिले पानी र दूधजन्य उत्पादन, वितरण तथा विक्री वितरणको बजार हेरिरहेको छ ।