अर्थ

ऋण स्वीकृत र कर्जा प्रबाह गरे बापत एनआईसी एशिया बैक गरुडाका प्रबन्धकको ठगैतीधन्दा

रौतहट । ऋण लगानीगर्दा एनआईसी एशिया बैकका कर्मचारीले ग्राहकसंग सापटी भन्दै रकम ठगि गरेको खुलेको छ । आफुहरु ठगिएको भन्दै गएको असोज २ गते जिल्लाप्रशासन कार्यालय रौतहटमा तीनजना पीडितले उजुरी दिएका थिए । जिल्लाप्रशासन कार्यालय रौतहटले अनुसन्धानकालागि जिल्लाप्रहरी कार्यालयमा उजुरी पठाएपनि प्रहरीले पीडित र बैक प्रबन्धकको बयानलिने मात्र कामगरेको छ ।

जिल्लाप्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले घटना गम्भिर भएकाले अनुसन्धानजारी राखिएको बताए । ऋण स्वीकृत र कर्जा प्रबाह गरे बापत एनआईसी एशिया बैक गरुडाका प्रबन्धक आमोद गुप्ताले जय बाबा बैधनाथ एग्रिकल्चर कम्पनि प्राईभेट लिमिटेड चन्द्रपुर–१०, अशोक ाएग्रिकल्चर दुर्गाभगबती–१ र अम्बे कृषिफर्म चन्द्रपुर–८ का प्रोपाईटरसंग सापटी भन्दै २ करोड ५ लाख रुपैया ७ महिना अघि लिएपनि फिर्ता नगरेपछि कानुनी कारबाहीको लागि उनीहरु प्रहरीको शरणमा पुगेकाहुन ।

कर्जा प्रबाहगर्दा सापटी भन्दै लिएको रकमफिर्ता नगरेको सम्बन्धमा एनआईसी एशिया बैक गरुडाका प्रबन्धक आमोद गुप्ता संग बुभ्mन खोज्दाउनी सम्पर्क बिहीन बनेका छन । कृषि प्रयोजनको लागि माघ अन्तिममा सहुलियत पुर्ण ऋण स्वीकृत गरेपछि एनआईसी एशिया बैक गरुडाका प्रबन्धक गप्ताले अशोका एग्रिकल्चर दुर्गाभगबती–१ क प्रोपाईटर अशोक कुमार साहसंग नौ वटा खाली चेक लिएर ०७९ चैत्र १७ गते चेकनम्बर ५७९६०१८१ बाट बैकका सेक्युरिटी गार्ड धर्मेन्द्र कुमार महतोको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१८५ बाट सञ्जय यादबको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१८३ बाट सचिन श्रीबास्तबको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१७७ बाट पाना देबीको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१८२ बाट रामबच्चु राउतको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१७८ बाट आरएन कुमार साहको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१८४ बाट आशा देबीको नाममा ५ लाख ३४ हजार लिएको खुलेको हो ।

साहको सर्लाही बरहथवा नगरपालिका–१० सुन्दरपुर चोहर्वाको ४ बिगाह १७ कटठा जमिनधितो राखेर एनआईसी एशिया बैकले ४ करोड ७५ लाख ऋण स्वीकृत गरेको हो । स्वीकृत कर्जा रकम ऋणीको खातामा राख्नु पुर्बनै बैक प्रबन्धकले खाली चेक लिएर बिभिन्न व्यक्तिको नाम बाट ८५ लाख रुपैया लिएको दुखेसो उनको रहेको छ । यस्तै जय बाबा बैधनाथ एग्रिकल्चर कम्पनि प्राईभेट लिमिटेड चन्द्रपुर–१० को नाममा रहेको चन्द्रपुर–१० डुमरियाको २५ कटठा र चन्द्रपुर–९ को घर सहितको २ कटठा ५ धुर जमिनधितो राखेर ३ करोड २० लाख ऋण स्वीकृत गर्दा प्रोपाईटर पुष्पनाथ साहको छोरा राकेश साहसंगको नाममा ७० लाख रकम राख्नलगाई ८ वटा खाली चेक लिएर बैकका प्रबन्धक आमोद गुप्ताले चेकनम्बर ४९००५३६४ बाट रामसिह राय यादबको नाममा ९ लाख ९० हजार, चेकनम्बर ५९००५३६२ को बाट मनिषा देबी साहको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३५९ बाट शेख जहुर हकको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३६१ बाट दुर्गा कुमारी सोनीको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३५८ बाट काशी सहनीको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३६३ बाट माधब प्रसाद साहकल्वारको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३६५ बाट गैरी देबीको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३६० बाट टैट सहनीको नाममा ३६ हजार निकालेको खुल्न आएको छ । अम्बे कृषिफर्म चन्द्रपुर–८ का चेकको बिबरण बैकले नदिएको बताइएको छ । एनआईसी एशिया बैक प्रधान कार्यालयका मुख्यगुनासो व्यवस्थापन अधिकारी अर्जुन राज खनियाले आफुले यस बिषयमा बोल्न नमिल्ने बताएका छन् ।– सञ्जय कार्की/Email: gunjanfmchapur105.3@gmail.com