शिक्षा

सामुदायिक विद्यालयहरुले वातावरण संरक्षण र हरियाली प्रवर्धनका लागि गरेका प्रयासहरु प्रदर्शन

काठमाडौँ । शनिवारराष्ट्रिय सभा गृहमा इको मेला सम्पन्न भयो । वन्यजन्तु संरक्षण संघ नेपालसँगको सहकार्यमा मेला आयोजना गरिएको थियो । वातावरणीय शिक्षा र संरक्षण प्रवर्धन गर्न हरित विद्यालय कार्यक्रम र अन्य पहलहरू सञ्चालनगर्न महानगर पालिकाले संरक्षण संघसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । मेलामा सामुदायिक विद्यालयहरुले वातावरण संरक्षण र हरियाली प्रवर्धनका लागि गरेका प्रयासहरु प्रदर्शन गरिएकाथिए । मेला आयोजना गर्न नर्थ अमेरिकन एशोसिएसन फर इन्भारोमेन्ट एजुकेसनले सहयोग गरेको थियो ।

मेलाको उद्घाटन सत्रमा बोल्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले प्रयोगात्मक शिक्षा नै जीवन उपयोगी हुने बताउँदै विद्यालय उमेरका बालबालिकालाई व्यवहारिक ज्ञान र सिपदिने नीति अनुरुप महानगर पालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा कामगरिरहेको बताइन् । ‘सिक्नु र सिकेको सिपप्रयोग गर्नु फरक फरक कुरा हुन् । सिकेको कुरा प्रयोगमा ल्याउन सक्ने क्षमता विकास भयो भने मात्र सिकाइ प्रभावकारी हुन्छ । यसकालागि हामीले काम गरिरहेका छौँ । यस्ता धेरै कार्यक्रममध्ये वातावरण संरक्षणको व्यवहारिक ज्ञान दिने कार्यक्रम हरित विद्यालय कार्यक्रमहो । डंगोलको भनाइथियो । कार्यक्रममा उनले ६ वटा नमुना हरित विद्यालयका प्रधानाध्यापक, सम्पर्क शिक्षक रवि द्यार्थीहरुलाई पुरस्कार र सम्मान पत्रप्रदान गरेकि थिइन ।

यस सत्रमा नमुना हरित विद्यालय कार्यक्रमका बारेमा जानकारी गराइएको थियो । महानगर पालिकाभित्रका दरबार हाइ स्कूल, रानीपोखरी, कन्यामन्दिर हाइस्कूल, क्षेत्रपाटी, नेपाल युवकमा. वि., पकनाजोल, शान्ति निकेतनमा.वि., बसन्तपुर, महेन्द्र भवन आवसीयमा. वि., ज्ञानेश्वर र पद्मोदयमा.वि., पुतलीसडक गरी ६ वटा विद्यालयमा नमूना कार्यक्रम सञ्चालन भइरहेका छन् । शिक्षा विभागका प्रमुख सीताराम कोइराला भन्छन, ‘सिकाइका लागि यी विद्यालयमा नमूना कार्यक्रम चलाएका हौँ । यसलाई सबै विद्यालयमा पु¥याउँछौँ । सबै विद्यालयलाई हरित र सुन्दर विद्यालय बनाउँछौँ ।’

प्रदर्शनीमा विद्यार्थीहरुले आफूले गरेको कल्पनाका आधारमा विद्यालयलाई कसरी हरित विद्यालय बनाउन सकिन्छ भन्ने धारणा प्रस्तुतगरेकाथिए । दोस्रो सत्रमा हरित विद्यालय तथा पुस्तक रहित शुक्रवारका लागि शिक्षक अभिमुखिकरण कार्यक्रम गरिएको थियो । यस सत्रमा सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक रशिक्षक गरी ३ सय जनाको सहभागिता थियो ।

महानगर पालिकाले २१ औँ शताब्दी अनुकुल शैक्षिक क्रियाकलाप र उपलब्धीका लागि काम गरिरहेको छ । कार्यक्रममा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भने, ‘पुस्तक रहित शुक्रवार, हरित विद्यालय, सुन्दर विद्यालय यसका बिम्ब कार्यक्रम हुन् । यस्ता कार्यक्रम चलाउन तथा दिगो बनाउन महानगर पालिकाले विद्यालयहरुलाई आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको छ ।’
वर्तमान र भविष्यका वातावरणीय समस्याहरुसँग जुध्न विद्यार्थी, विद्यालय र सम्पूर्ण शिक्षा प्रणाली आज तयार हुनु पर्ने भएको छ । कार्यक्रममा संरक्षण संघ नेपालकी निर्देशक सञ्जीवनी योञ्जनले भनिन, ‘हरित विद्यालय कार्यक्रम यसका लागि एउटा ससक्त माध्यम बन्न सक्छ । यसलाई देशव्यापी बनाउन हामी तत्पर छौँ ।