अर्थ-स्वास्थ्य

जोखिमयुक्त फोहोर निर्मलीकरण : एकीकृत प्रणालीका विकासमा काठमाडौँ महानगरपालिका र मनमोहन मेडिकल कलेजबिच सहकार्य हुने

काठमाडौँ । स्वास्थ्य संस्थाबाट उत्पादन हुने हानीकारक फोहोरलाई सामान्य फोहोरमा रुपान्तरण गर्न काठमाडौँ महानगरपालिका र मनमोहन मेमोरियल मेडिकल कलेजका बिच सहकार्य हुने भएको छ । मंगलबार महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा कलेजका पदाधिकारीसँग बसेको बैठक कलेजको जग्गामा एकीकृत प्लान्ट स्थापना गर्ने, यसमा आवश्यक साधन तथा उपकरणका लागि महानगरपालिकाले सहयोग गरेर एकीकृत केन्द्र स्थापना सहकार्य गर्ने  ।

बैठकमा उपप्रमुख डंगोलले भनिन, ‘महानगरपालिकाले स्वास्थ्य प्रबर्धन केन्द्र सञ्चालन गरिरहेको छ । यी केन्द्रहरुबाट उत्पादन हुने हानीकारक फोहोर प्रशोधन गर्ने केन्द्रका लागि सहकार्य गर्न थालेका हौँ । यसलाई नमूना बनाएर स्वास्थ्य संस्थाहरुकै बिचको सहकार्य एकीकृत प्रशोधन केन्द्र स्थापना गर्न सकिन्छ ।’ स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापनको अनुगमन गर्ने क्रममा देखिएको अवस्थाका विषयमा कुरा गर्दै उनले भनिन, ‘अस्पतालहरुबाट उत्पादन हुने सबै फोहोर हानीकारक हुँदैन । स्रोतमा सुरक्षित वर्गीकरण गरेर जोखिमयुक्त फोहोरलाई जोखिममुक्त बनाउन सबै स्वास्थ्य संस्थाले काम गर्नु पर्ने देखिएको छ । अन्य फोहोरलार्य पुनःप्रयोग र पुनःचक्रिय प्रयोगमा ल्याउन सकिन्छ । यसमा एउटा एकीकृत अभ्यास गरौँ । यसको सफल अभ्यासलाई प्रबर्धन गरौँ ।’

बैठकमा अस्पतालका अध्यक्ष डा. वंशीधर मिश्रले, अस्पताल परिसर स्वयम्भूमा आन्तरिक प्रयोजनका लागि प्रशोधन प्लान्ट स्थापना गर्न लागिएको बताउँदै, प्राविधिक रुपमा उपयुक्त भए यही ठाउँमा, नभए अस्पतालको नाममा रहेको अन्य जमिनमा भए पनि सहकार्यबाट एकीकृत केन्द्र बनाउन तयार रहेको बताए ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले अहिलेसम्म ५० वटा अस्पतालको फोहोर व्यवस्थापन आचरण तथा अभ्यासको अनुगमन सम्पन्न गरिसकेको छ । यसमध्ये मिश्रित फोहोर भएका र निर्मलीकरण अभ्यासमा कमजोरी भेटिएका २० वटा अस्पतालको फोहोर रोकिएको थियो । यसरी फोहोर रोकिएकामध्ये पनि १८ वटाको पुनःअनुगमन गरिसकिएको छ । अनुगमनका क्रममा टोली मनमोहन अस्पताल पनि पुगेको थियो । अस्पतालले प्रशोधन प्लान्ट स्थापना गर्ने योजनामा सहकार्यको सम्भावना त्यही क्रममा देखिएको हो ।

 

बिरिसु मिडिया प्रा.लिको दोस्रो वार्षिकोत्सव, २८ श्रष्टा सम्मानित
काठमाडौँ । बिरिसु मिडिया प्रा.लिको दोस्रो वार्षिकोत्सव तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । माननिय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा काठमाडौँको अनामनगरस्थित सामाजिक विकास भवनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सामाजिक,व्यवसायिक,कलाकारिता र पत्रकारितामा विशेष योगदान दिएका २८ जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै माननिय मन्त्री हित बहादुर तामाङले शुभकामना व्यक्त गर्नुहुँदै विविध क्षेत्रमा आवद्ध व्यक्तिहरुलाई सम्मान प्रदान गर्नाले हौसला मिल्ने र सम्पूर्ण सम्मानित व्यक्तिहरुलाई बधाई ज्ञापन गरे । उनले बिरिसु मिडियाले नमुना योग्य कार्य गरेको भन्दै प्रशंसा गरे । विशिष्ट कार्य गरेवापत बिरिसु मिडियाले सम्मान प्रदान गरेको र राज्यले पनि हौसला प्रदान गर्न सम्मान कार्यक्रम गर्नुपर्ने बताए । कार्यक्रममा विशिष्ट अतिथी गुरु लामा घ्याछो रिम्पोछे ज्यूले शुभकामना व्यक्त गर्नुहुँदै बिरिसु मिडिया प्रा.लिलाई थप सफलताको कामना व्यक्त गरेका थिए ।

कार्यक्रममा वरिष्ठ लेखक तथा साहित्यकार सुरेन्द्र महर्जन ’अमर’ लाई ’मुर्धन्य व्यक्तित्व सम्मान’,पत्रकार शरण हुमागाईलाई ’राष्ट्रिय पत्रकारिता सम्मान,चलचित्र कलाकार रश्मि पाण्डेलाई ’राष्ट्रिय कला सम्मान’, हाँस्य अभिनेता हरि निरौला ’कक्रोज’ लाई ’राष्ट्रिय कलाकारिता सम्मान’, वरिष्ठ फोटोग्राफर च्याङ्बा लामालाई ’राष्ट्रिय फोटोग्राफी सम्मान’, मेकअप आर्टिस्ट विक्रम गौतमलाई ’राष्ट्रिय कला सम्मान’ कलाकार एंव व्यवस्थापक विज्ञान पाण्डेलाई ’राष्ट्रिय कला सम्मान’, सामाजिक अभियन्ता रश्मि शाक्यलाई ’राष्ट्रिय सेवा सम्मान’, कलाकार देउकला सुनुवारलाई प्रतिभा सम्मान, कलाकार बिराज बाँस्कोटालाई ’राष्ट्रिय कला सम्मान’, युवा व्यवसायी नुन बहादुर तामाङलाई ’राष्ट्रिय सेवा सम्मान’, गायक मदन कुमार थापालाई ’राष्ट्रिय कला सम्मान’,युवा व्यवसायी जीवन परियारलाई ’राष्ट्रिय सेवा सम्मान’,गायक एंव संगीत संयोजक कुन्साङ दोर्जे लोप्चनलाई ’राष्ट्रिय कला सम्मान’,वरिष्ठ डिजाइनर चुडामणी नेपाललाई ’राष्ट्रिय सेवा सम्मान’,कलाकार एंव व्यवसायी कृष्ण बहादुर पुरीलाई ’राष्ट्रिय कला सम्मान’,युवा व्यवसायी रमेश विश्वकर्मालाई ’राष्ट्रिय सेवा सम्मान’,गायिका बिशु तामाङलाई ’राष्ट्रिय कला सम्मान’,कलाकार अनु के।सीलाई प्रतिभा सम्मान, प्रोडक्सन डिजाइनर सुजन गौतमलाई ’राष्ट्रिय कला सम्मान’ गायक जल बहादुर लामालाई ’राष्ट्रिय कला सम्मान’,हाँस्य कलाकार तथा निर्देशक श्रीशक्ति बराइलीलाई ’राष्ट्रिय कला सम्मान’,मेकअप आर्टिस्ट बिमला तामाङलाई ’राष्ट्रिय कला सम्मान’,कलाकार हरिलाल तामाङलाई ’राष्ट्रिय कला सम्मान’,छायांकार एंव भिडियो सम्पादक गंगाराम राईलाई ’राष्ट्रिय कला सम्मान’,सञ्चारकर्मी राजकुमार रायमाझीलाई ’राष्ट्रिय पत्रकारिता सम्मान’,गायिका तथा सञ्चारकर्मी हेमन्ता भट्टराईलाई ’राष्ट्रिय कला सम्मान’,निर्देशक देवराज गुरुङलाई ’राष्ट्रिय कला सम्मान’ गरी २८ जनालाई सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष एंव पत्रकार विवेक लोप्चनले धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनमा पनि अझ शसक्त ढंगले विविध क्षेत्रका व्यक्तिहरुलाई सम्मान गर्ने र थप हौसला प्रदान गर्ने बताए । कार्यक्रमको संयोजक लक्षु प्रकाश मल्लले गरेका थिए । गायिका एंव बिरिसु मिडिया प्रा.लिका निर्देशक सुस्मिता स्याङ्तानले विविध क्षेत्रमा आवद्ध व्यक्तिहरुलाई राज्यले गर्नुपर्ने सम्मान आफ्नो संस्थाले गरेको बताइन । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी राजकुमार रायमाझिले गरेका थिए भने उक्त कार्यक्रममा कलाकार,पत्रकार एंव विशिष्ट क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिती रहेको थियो ।