अर्थ-स्वास्थ्य

‘वेष्ट एजुकेसन अवार्ड’ मा काठमाडौँ महानगरपालिकालाई ‘सर्वोत्कृष्ट पालिका अवार्ड’

काठमाडौँ, जेठ २६ । काठमाडौँ महानगरपालिकाले आज ‘वेष्ट एजुकेसन अवार्ड’ मा ‘सर्वोत्कृष्ट पालिका अवार्ड’ प्राप्त गरेको छ । सामुदायिक विद्यालयहरुको संस्था ‘प्रिन्सिपल एशोसिएसन अफ नेपाल – पान’ ले राष्ट्रिय सम्मेलनको अवसरमा आज अवार्ड प्राप्त गरेको हो ।

मूल्याङ्कनका लागि राखिएका, शिक्षा क्षेत्रमा गरेको लगानी, निःशुल्क र समावेशी शिक्षाको पहल, दीर्घकालीन योजना, असल अभ्यास, प्राविधिक धार सञ्चालन, स्थानीय पाठ््यक्रम/सूचना तथा प्रविधि र सुशासन जस्ता सूचकमा गरिएको मूल्याङ्कमा वागमती प्रदेशबाट महानगरपालिकाले अवार्ड प्राप्त गरेको हो । यससँगै यस प्रदेशबाट चितवनको नारायणी माध्यमिक विद्यालयले उत्कृष्ट विद्यालय र काभ्रेपलाञ्चोकको जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रदिप पराजुलीले उत्कृष्ट प्रधानाध्यापक अवार्ड प्राप्त गरेका छन् ।

राजधानीमा आयोजना गरिएको कार्यक्रममा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले अवार्ड ग्रहण गरेका थिए । पानले हरेक प्रदेशबाट १/१ जना प्रधानाध्यापक, १/१ वटा विद्यालय र १ १ वटा पालिकालाई अवार्ड प्रदान गरेको हो ।