अर्थ-स्वास्थ्य

ल्लितपुमा राष्ट्रिय सहकारी महासंघद्वारा सहकारी रोजगार मेला २०८१ सुरू

ल्लितपुर, असार ७ । मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता भन्ने नाराका साथ प्रथम सहकारी रोजगार मेला २०८१ शुक्रवारदेखि ललितपुरमा सुरु भएको छ । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले आयोजना गरेको तीनदिने रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवाहरुलाई सहकारी क्षेत्रका रोजगारदातासँग समन्वय गर्ने माध्यका रुपमा लिइएको छ । युवाहरु अवसर र रोजगारीको खोजीमा विदेशी क्रम बढ्दै गईरहेको अवस्थामा नेपालका सहकारी क्षेत्रमा आवद्ध भई स्वरोजगार हुन सकिने तथा यसक्षेत्रमा पनि रोजगारीको राम्रो अवसर छ भन्ने उदेश्यका साथ मेला आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

मेलाको उद्घाटन समारोहमा बोल्दै भूमी व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्री बलराम अधिकारीले युवाहरुको भावना अनुरुप सहकारी क्षेत्रले काम गर्नुपर्ने धारणा व्यक्त गरे । सहकारी रोजगार मेलाले यस क्षेत्रका रोजगारदाता र रोजगारी खोज्ने युवाहरुबीच सेतुको काम गर्ने उनले विश्वास व्यक्त गरे । यसैगरी मन्त्री अधिकारीले एउटै व्यक्ति दुई तीनवटा सहकारीको संचालक रहनु अहिले सहकारी क्षेत्रमा देखिएको समस्याको प्रमुख कारण रहेको समेत धारणा राखे । अर्थतन्त्रको एक मूख्य हिस्सेदारी सहकारी क्षेत्रको प्रमुख समस्या बुझेर सरकार अघि बढ्ने उनको जिकिर थियो । सहकारी क्षेत्रले उत्पादन गरेका वस्तुको बजारी करण गर्ने जिम्मेवारी अवदेखि सरकारले लिने उनले प्रतिबद्धता समेत जनाए ।

कार्यक्रमबारे प्रष्ट पादै राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले देश छोडेर बिदेश जाने युवाहरुलाई नेपालको सहकारी क्षेत्रमा स्वरोजगार हुने अवसर र राम्रो सेवा सुविधा सहितको रोजगार छ भने जानकारी गराउन मेला आयोजना गरिएको जानकारी दिइन् । अध्यक्ष मल्लले सहकारी क्षेत्रलाई सरकारले प्राथमितामा नराखेको गुनासो गरिन् । सहकारीले उत्पादन गरेका वस्तुको बजारीकरण र सहुलियत ऋृणको व्यवस्थापन सरकारले नगर्दा यसक्षेत्रका किसानहरु विस्थापित हुने अवस्थामा रहेको उनको भनाई थियो । साथै सहकारीले २५ बढी चिया उद्योग संचालन गदै आएको , दैनिक २५ हजार लिटर बढी दुध उत्पादन गदै आएकोमा त्यसका लागि बजार नभएको सरकारको त्यसतर्फ ध्यानाकार्षण हुनुपर्ने अध्यक्ष मल्लले धारणा राखिन् ।

कार्यक्रममा सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेलले धन्यवाद व्यक्त गरेका थिए । उद्घाटन समारोहमा सहकारी मन्त्रालयका उच्च अधिकारी, नेपाल प्रहरीका उच्च अधिकारी तथा सहकारी क्षेत्रका व्यतित्वहरुको सहभागिता रहेको थियो । सहकारी रोजगार मेलामा सहकारी क्षेत्रका ३० बढी स्टलहरु रहेका छन भने मेला अवधिभर पाच हजार बढीले अवलोकन गर्ने अपेक्षा आयोजक संस्थाको छ । यसै सन्दर्भमा महासंघले सहकारीको वर्तमान रोजगारी स्थिती र भविष्यका संभावनाहरु बिषयीक कार्यपत्र पनि प्रस्तुत गरेको छ ।

कार्यपत्र प्रस्तुत गदै महासंघकी महाप्रबन्धक चित्रा कुमारी थमसुहाङ सुब्बाले सहकारी क्षेत्रमा एक लाखले प्रत्यक्ष रोजगारी र १० लाख व्यक्ति अप्रत्यक्ष तथा रोजगार र स्वरोजगार बनेका जानकारी दिइन् । तथ्यांक अनुसार नेपालमा ३१ हजार बढी सहकारी संस्थामा ७४ लाख व्यक्ति संलग्न छन् भने जसमा ५६ प्रतिशत महिला सहमागिता रहेको छ । नेपाल सहकारी क्षेत्रमा बढी व्यक्ति संलग्न हुने दोस्रो मुलुकमा पर्दछ भने पहिलो मुलुक फिलिपिन्स हो ।