समाचार

अहिले मुलकमा बाहिरी रुपान्तरण देखाएर आखाँमा छारो हाल्ने काम भएको छ : सांसद एकनाथ ढकाल

काठमाडौ, असार २७ । तीन दिन सम्म चल्ने राष्ट्र निर्माणमा युवाहरुको भूमिका बिशेयक सेमिनार राजधानीमा आजबाट शुरु भएको छ । बिश्व शान्ति तथा एकिकृत परिवार संघको आयोजनामा तथा काठमाडौ महानगरपालिका बडा नं १ को सहकार्यमा भएको सेमिनारको उद्धाटन पूर्वमन्त्री एवम् संधिय सासद एकनाथ ढकालले गरेका छन ।

सेमिनार उद्घाटन पश्चात बोल्दै सासद ढकालले अहिले मुलकमा बाहिरी रुपान्तरण देखाएर नेपाली जनताको आखाँमा छारो हाल्ने काम भएको बताएका छन् । सांसद ढकालले सार्बजनिक सोचको बिकास गर्न सकेमात्र समाजको बिकास हुने भन्दै तीन दिन सम्म सिकेका कुरालाई थोरै भएपनि ब्यबहारमा उर्तान सहभागीहरुलाई आग्रह गरे ।

रुपान्तरणको लागि बाताबरणको आवश्यकता रहेको भन्दै अहिले देशको राजनीतिक , सास्कृतिक आर्थिक बाताबरण बन्न नसकेको भन्दै यस्ता सेमिनारहरुले त्यो बाताबरण तयार गर्न सहयोग गर्ने बताए । पूर्वमन्त्री समेत रहेका ढकालले मुलुकमा सामाजिक सदभावको आवश्यता रहेको उल्ल्ेख अवका युवाहरुलाई सहि शिक्षा र बाटो दिन सके मुलुक परिर्वतन थोरै समयमा हुने बताए । कार्यक्रममा एफएफडब्लु पीयु साउथ एसियाको अध्यक्ष सन्तोष कुमार पौडेल, बिश्व शान्ति तथा एकिकृत परिवार संघका अध्यक्ष प्रकाश बाबु थापा लागयतले बोलेका थिए ।

समिनारमा नेतृत्व बिकास, चरित्र निर्माण, ब्यत्तित्व बिकास स्थायी शान्तीको लागि पहलकदमी, दन्द्ध ब्यबस्थापन तथा आर्थिक बिकासका बारेमा प्रशिक्षण दिईने छ । राष्ट्रिय विकासको लागि बढ्दो अर्थव्यवस्थामा युवाहरूको सहभागिता आवश्यक रहेको सन्र्दभमा पनि सेमिनारमा छलफल हुनेछ । युवाहरू देशको सबैभन्दा ठूलो शक्ति हो यसैले राष्ट्रको दिगो विकासको लागि उनीहरूलाई सक्षम र पर्याप्त योगदान पु¥याउन सशक्त बनाउन महत्वपूर्ण प्रयासहरू गर्न आवश्यक भएकोले कार्यक्रमको आयोजना गरिएको हो ।

सेमिनारमा अन्तारष्ट्रिय प्रशिक्षक रिचेल हालिपा, लेखक ,काशिनाथ खनाल एफएफडब्लु पीयु साउथ एसियाको अध्यक्ष सन्तोष कुमार पौडेल प्रकाशबाबु थापा लगायतले प्रशिक्षण दिने छन् । युपीएफ, नेपाल, तङ्ग इल मोदो संघ, बिश्व शान्ति महिला संघ लगायतको संघ संस्थाले सहयोग गरेका छन् । सेमिनारको मिडिया पार्टनरको रुपमा द युनिर्भसल टाईम्स् रहेको छ ।