Home » Sample Page » प्रधानमन्त्री राहत कोषमा जम्मा भयो अर्बौं, बाढीपीडितका लागि कति निकासा भयो?
समाचार

प्रधानमन्त्री राहत कोषमा जम्मा भयो अर्बौं, बाढीपीडितका लागि कति निकासा भयो?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ।

कोषमा जम्मा भएको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात रहेको छ।

यस्तै, दुई वटा वाणिज्य बैंकका खातामा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर मौज्दात रहेको छ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ।

बाढीपछि सरकारले राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेको थियो। त्यसपछि स्वदेश तथा विदेशबाट प्राप्त सहयोग रकम संकलन भई प्रधानमन्त्री राहत कोषमा दाखिला भएको हो।

कोषमा ठूलो रकम मौज्दात रहे पनि बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्स्थापनाका लागि अहिलेसम्म कति रकम खर्च वा निकासा भएको छ भन्ने विषयमा समेत चासो बढेको छ।