काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीपछि सिर्जित परिस्थितिबारे देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि भइरहेको खोजी तथा उद्धार, राहत वितरण र घाइतेको उपचारलगायतका विषयमा विस्तृत जानकारी लिन प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखहरूसँग छलफल सुरु गरेका हुन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेका छन्।
प्रधानसेनापति सिग्देलसँगको छलफलपछि प्रधानमन्त्री शाहले आजै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ।
बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार अभियान, राहत वितरण र उपचारको अवस्थाबारे सुरक्षा निकायबाट ब्रिफिङ लिएर आवश्यक निर्देशन दिने उद्देश्यले छलफल आयोजना गरिएको जनाइएको छ।








Add Comment