समाचार

केपी शर्मा ओलीले चौथो पटक लिए प्रधानमन्त्री पदको सपथ

काठमाडौं, असार ३१ । देशमा राजनीतिक उथलपुथलका बीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका छन् । ७२ वर्षीय ओली चौथो पटक नेपालको प्रधानमन्त्री बनेका छन् । देशमा राजनीतिक उथलपुथलका बीच उनले नयाँ गठबन्धन सरकारको नेतृत्व गर्नेछन् । ओली र उनको नयाँ मन्त्रिपरिषद्ले आज सोमबारका दिन सपथ लिएकाछन् ।

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार विश्वासको मत गुमाएका थिए । त्यसपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी आन्दोलन)का नेता केपी शर्मा ओलीलाई नेपालको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । उनको मन्त्रीमण्डलमा नेपाली काँग्रेसका नेता प्रकाशमान र नेकपा एमालेका नेता विष्णु पौडेलले समेत सपथ लिएकाछन् ।